आइतबार देखि सुरु हुने नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खलाका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको छ ।
नेपाली टिममा कप्तान सन्दीप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भने टिममा छैनन् ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया