Monday, March 31, 2025
63.6 F
Washington DC.

जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । शुरुमा ब्याटिङ्ग गरेको जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्यलाई नेपालले ११.२ ओभरमा एक विकेट गुमाउदै भेटाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.५ ‌ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

नेपालका तर्फ बाट ओपनर ब्याट्सम्यान सुनिल धमलाले ३८ रन बनाएका थिए। त्यस्तै , अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहेका थिए।

यस अघिको पहिलो खेलमा जिम्बाब्बे ए ले जीत हासिल गरेको थियो। नेपालको यस जितसँगै तीन खेलको सिरिजमा दुई एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ ।

जिम्बावेका तर्फ बाट जोनाथन काम्पबेलले सबैभन्दा बढी २७ रन बनाएका थिए । ब्राड इभान्सले नटआउट २० रन र केफास जुहाओले १० रन जोडे भने अन्य ८ ब्याट्सम्यान पहिलो अंकमा नै अल आउट भएका थिए ।

नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिए का थिए भने क्याप्टेन सन्दीप लामिछानेले २ विकेट र सागर ढकालले १ विकेट लिएका थिए ।

दोश्रो खेलको बिजय संगै प्लेयर अफ द म्याच करण केसीले हात पारे।

अन्तिम तथा निर्णायक एक दिवसीय खेल आगामी सोमबार हुने क्यानले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

राजावादी आन्दोलन र दुर्गा प्रसाईंको डन शैली

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको दुखद मृत्यु भयो भने दर्जनौं घाइते भए।...

अन्य समाचार

- Advertisement -spot_img