Friday, March 6, 2026
53.4 F
Washington DC.

कामीरिता शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गर्दै अर्को रेकर्ड बनाए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यस वर्ष विश्वको उच्च सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण नेपाली समय शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको ११ जना आरोहीले सगरमाथाको चुचुरो चुमेका छन।

आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका अनुशार कामीरिता सहितको बाटो बनाउने टोलीले सगरमाथाको चुचुरो चुमेको जानकारी दिएको छ ।

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले यस वर्षको बाटो बनाउने टोलीको नेतृत्व गर्दै सगरमाथाको चुचुरो पुगेसँगै आफ्नै कीर्तिमान तोड्दै विश्वमै सबैभन्दा धेरै सगरमाथाको २६ औं पटक आरोहण गर्ने व्यक्ति भएका छन। 

आरोहण गर्नेमा कीर्तिमानी आरोही कामीरिता शेर्पा, संखुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा रहेको कम्पनीले जनाएको छ । 

बाटो निर्माण सम्पन्न भएसँगै आधारशिविरमा तयारी अवस्थामा रहेका आरोही आइतबारदेखिनै मौसमको अवस्था हेरेर आरोहणका लागि बाटो लाग्ने तयारीमा जुटेको कम्पनीले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img