Friday, March 6, 2026
53.4 F
Washington DC.

१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित, फेरि मतदान हुने 

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

देशैभर शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

आयोगका अनुसार राती १० बजे सम्म देशभरका स्थानीय तहको निर्वाचवमा ६४ प्रतिशत मतदान भएको छ। त्यस्तै राजनीतिक दलहरू र उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको आयोगले विज्ञप्तिमा जनाएको छ। यी मतदान केन्द्रहरू २८ पालिकाका ४३ मतदान स्थलका छन्। 

आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन।

आयोगले विज्ञप्तिमा जनाए अनुसार यी स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएको अवस्थामा बाहेक सम्बन्धित निर्वाचन अधिकृतले पुन: मतदान हुने मिति र समय तोक्ने छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img