Friday, March 6, 2026
53.4 F
Washington DC.

निर्वाचन आयोगले सोध्यो बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छः ‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ’ ।

आयोगले विज्ञप्तिमा भट्टराईलाई चौबीस घण्टाभित्र जवाफ पेश गर्न भनेको छ ।

आयोगले विज्ञप्तिमा भनेको छः ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ’ ।

भट्टराईले आज बिहानमा गृह जिल्ला गोर्खामा मतदान गरेपछि मतसङ्केत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राखेका थिए । तर फोटो उनी आफैँले नखिची अरु कसैले खिचेको स्थानीय समाचारमा जनाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार मतदान गर्दा साथमा मोबाइल लगायत क्यामेरा लान पाइदैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img