spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा हुन नसकेको मानव अधिकार आयोगको अनुगमन निष्कर्ष

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा हुन नसकेको आयोगको अनुगमन तथा सुचनाबाट निष्कर्ष निकालेको भनि विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

आयोगले अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङको जिल्लाका विभिन्न मतदानकेन्द्रहरुमा मतदान स्थगित भएको पाइएको जनाएको छ । बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायतका जिल्लाका केही मतदान केन्द्रहरुमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केहीस्थानमा हवाइफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको व्यहोरा बिज्ञप्तिमा जनाएको छ ।

अपेक्षाकृत निर्वाचन शान्तिपूर्णरुपमा हुन नसकेको आयोगको अनुगमनबाट तथा आयोगलाई प्राप्त सूचनाका आधारमा देखिन्छ, आयोगले भनेको छ।

आयोगका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेपनि हुम्ला, गोरखा तगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले अघिल्लो दिन देखि हिंडेर समेत मत खसाल्न मतदाताहरु केन्द्रमा पुगेको पाइएको उल्लेख गरेको छ ।

मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा अलमलमा परेको, कतिपय मतदान स्थलहरूमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिहरूलाई सहज रुपमा मतदान गर्न सक्ने व्यवस्था नभएको आयोगले जानकारी पाएको भनेको छ ।

त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिकृत कुटीनु जस्ता घटनाले राजनीतिक दलहरुले थप संयमता अपनाउनु पर्ने देखिएको छ भनि सुझाव दिएको छ ।

स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा शान्ति सुरक्षा मापन गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्‍याउन तथा यथाशक्य छिटो मतगणना गर्न आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img