Thursday, April 23, 2026
83.6 F
Washington DC.

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढायो- १५ दिनमा करिव ४ अर्व २५ करोड घाटा नै रहने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल सरकारले डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको जनाएको छ ।

निगमले जारी गरेको बिज्ञप्ति अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० र डिजेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमले बिज्ञप्तिमा जनाएको छ ।

नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ बढाउनु परेको कारणमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको उल्लेख गरेको छ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

त्यस्तै , खरिद लागत यथावत रहने हो भने मूल्य समायोजन पश्चात पनि निगमलाई आगामी १५ दिनमा अनुमानित रु. ४ अर्व २५ करोड घाटा नै रहने स्थिति देखिएको निगमले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img