Thursday, April 23, 2026
83.6 F
Washington DC.

काठमाडौं महानगरको पहिलो मतपरिणाममा बालेनको अग्रता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

परम्परागत राजनीतिक शक्तिहरूलाई पछि पार्दै स्वतन्त्र तर्फका चर्चित उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको जारी मतगणनामा अग्रता लिएका छन्।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो नतिजा सार्वजनिक गर्दै स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता लिएको जनाएको छ ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३१९ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्।

यसैगरी, राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाएका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।

यसैगरी, एमाले उपप्रमुखका उम्मेदवार सुनिता डंगोलले ५२०, एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ११०, राप्रपा उपप्रमुखमा १०५ मत खसेको छ। आयोगका अनुसार वडा नम्बर १ र ३२ का पाँच/पाँच सय र वडा नम्बर २ को १८० संख्याको मतगणना गर्दा सो परिणाम आएको हो।

निर्वाचन आयोगका अनुसार यतिबेला महानगरका वडाहरू १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ।

काठमाडौं महानगरको मतगणना शनिबार बिहान साढे ९ बजेदेखि सुरु भएको हो।

स्थापित दलहरुले विगतमा काठमान्डौवासीहरूका लागि केहि गर्न नसकेको र आफ्नो दल र आफ्ना मान्छेहरूका लागि मात्र काम गरेकाले उनीहरू प्रतिको वितृष्णालाई बालेनको स्वतन्त्र उम्मेद्ववारी र उनको योग्यता र प्राविधिक अनुभवका कारण काठमान्डौवासीहरूले परिवर्तन चाहेको जानकारहरु बताउछन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img