Monday, April 7, 2025
44.3 F
Washington DC.

बालेनले चुनाव जित्नेमा युवाहरू ढुक्क

सम्बन्धित समाचार

बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दा मुलधारका मिडिया लगायत लामो समय देखि जग बसाएका पुराना राजनीतिक दलहरूले समेत ‘गीत गाउने एउटा फुच्चे र्यापर राजनीतिमा हामिलाई टक्कर दिने’ भन्दै होच्याउदै मजाक उडाएका थिए।

समयले यू टर्न लियो- सामाजिक सन्जाल लगायत काठमान्डौमा मात्र नभएर देश भित्र र विदेशमा समेत जताततै ‘भोट फर बालेन’ को नारा घन्कियो।

सधै राजनीतिक दलहरूको अघि पछि लाग्ने मिडियाहरू विस्तारै बालेनको खोजीमा लाग्न थाले। समय वित्दै गयो, बालेन प्रतेक मिडियामा छाउन थाले।

उनका संयमित र सालिनपूर्ण अभिव्यक्तिहरूले जनमानसमा झनै चासो बढन थाल्यो। अन्ततः बालेन सर्वत्र यसरी छाए कि काठमाडौँको परम्परागत राजनीतिक शक्तिहरूः कांग्रेस र एमाले जस्ताको समेत मुटु हल्लिन पुग्यो। 

शुरू देखि नै बालेनले आफू ९० हजार ८३५ भोट ल्याएर जित्ने बताउदै आएका थिए। आफूले गरेको तथ्यांक सर्भेलाई आधार मान्दै आएका बालेन र्यापर मात्र नभएर पेशाले ईन्जिनियर समेत हुन।  

बालेन कुनै सांसद हुन नभएर एउटा स्थानीय तहको मेयर पदका लागि मात्रै उम्मेदवार बनेका थिए तर विश्वभरी नै बसोवास गर्ने ठूलो नेपालीहरूको जमातले उनी प्रति उल्लेखनिय आशा र चासो राख्यो।

आज काठमान्डौको मतदान सकिएको छ, भोली शनीवार विहान देखि मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ।

के बालेनले चुनाव जित्लान?

यो प्रश्न र चासो यतिबेला सर्वत्र छ। लामो समय देखिको राजनीतिक सिन्डिकेट तोडेर आफू तर्फ भोट तान्न सहज भने छैन। तर, नानी मैया दाहाल र गोल्छे सार्कीले जितेको काठमान्डौ हो, यहा समय अनुशार चल्ने हावाले निर्णायक भूमिका खेलेको इतिहास छ। तर, युवापुस्ता बालेनले नै जित्नेमा ढुक्क देखिन्छन। उनीहरूको तर्क छ बालेनले काठमान्डौको मेयरमा यसरी जित्नेछनः

१- स्थापित दलहरुले विगतमा काठमान्डौवासीहरूका लागि केहि गर्न सकेनन र आफ्नो दल र आफ्ना मान्छेहरूका लागि मात्र काम गरेकाले उनीहरू प्रतिको वितृष्णालाई बालेनको स्वतन्त्र उम्मेद्ववारी र उनको योग्यता र प्राविधिक अनुभवले काठमान्डौवासीहरू आकर्षित भएका छन।

२- बालेनले चुनाव प्रचारका दौरान आफ्नो व्यक्तित्व र योजना प्रष्ट पारेका छन। उनी स्वतन्त्र भएकाले उनको काम गराई निष्पक्ष र पारदर्शी हुने भएकाले बालेनले भोट पाउने छन।

३- परम्परागत राजनीतिक शक्तिहरूका गतिविधि र जनमानसमा छाएको निराशालाई बालेनले आफूले गरेर देखाउन सक्ने अठोट र हिम्मत गर्दै निराश मतदाताहरूलाई हौसल्ला दिन सक्षम भएका छन्।

४- बालेनलाई युवा समर्थकहरुले मात्र नभएर राजनीतिबाट दिक्क र हैरान भएका समूहहरूले समेत समर्थन गरेका छन।

५- एमाले र कांग्रेसलाई बाउ बाजेको पार्टिलाईनबाट भोट दिदै आएका मतदाताहरू सचेत भएका र परिवर्तन खोजेका छन। यसकारण बालेनलाई एक परिवर्तनको सूचककारूपमा लिदै परम्परागत मत परिवर्तन गरी बालेनले मतदाता तान्न सफल भएका छन ।

६- बालेनको चुनावी प्रचार शैली हेर्दा सामाजीक संजाल नै बालेनको कव्जामा रहेको हो कि जस्तो लाग्ने किसिमको थियो। अर्थात सामाजीक संजाल नै बालेनमय देखिन्थ्यो । यस कारणले पनि बालेनका योजनाहरू र सन्देश मतदाताहरू विच राम्ररी नै पुगेका थिए। यसबाट मतदाताहरूलाई मत परिवर्तन गरी स्वतन्त्र र विकासप्रेमी बालेनलाई मत दिन सहज भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट...

अन्य समाचार

- Advertisement -spot_img