Thursday, April 23, 2026
83.6 F
Washington DC.

अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी  विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो । 

क्यानबाट छनोट भएका १५ सदस्सीय खेलाडीमा: सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल छन्।

नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ। आईसीसीका अनुसार नेपालले दोस्रो खेल अमेरिका विरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।  

सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोटका लागि नेपाल, ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टिमले लिग–२ मा सहभागिता जनाई प्रत्येक टोलीले ३६ खेल खेल्नु पर्नेछ र प्रथम तीनमा रहने टिमले सहभागिता जनाउन पाउने छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img