Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकी सरकारले तेश्रो पटक नि:शुल्क कोभिड-१९ परीक्षण किटहरू बितरण गर्दै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अब, संयुक्त राज्य अमेरिकाका प्रत्येक घरले फेरि एक पटक अमेरिकी सरकारबाट नि:शुल्क कोभिड-१९ परीक्षण किटहरू प्राप्त गर्ने भएका छन ।

अमेरिकी सरकारले हुलाक मार्फत तेश्रो चरणको निःशुल्क कोभिड -१९ एन्टिजेन परीक्षण किटहरू प्रदान गर्ने भएको छ। यस पटक थप आठ परीक्षण किटहरू अमेरिकी हुलाक सेवा (USPS) मार्फत अर्डर गर्न सकिने छ ।

सरकारले प्रत्येक घरलाई यी परीक्षण किटहरुहरू अमेरिकी हुलाक सेवा (USPS) मार्फत अर्डर गर्न आग्रह गरेको छ। अघिल्लो चरणहरूमा परीक्षण किटहरु अर्डर गरेको वा नगरेको भएता पनि तेश्रो चरणमा कुनै पनि घरपरिवारमा आठ निःशुल्क एन्टिजेन परीक्षण किटहरु प्रदान गरिने COVID.gov साइटले जनाएको छ।

तेश्रो चरणको बितरण पश्चात हालसम्म प्रति परिवारले सोह्र वटा निःशुल्क एन्टिजेन परीक्षण किटहरुमा प्राप्त गर्नेछन ।

नोभेम्बर यता देखिएका BA.2 भेरियन्ट, र अझ बढी संक्रामक देखिने दुई अन्य सब वेरियन्टहरूका कारणले अमेरिकामा कोभिड संक्रमण बढनेक्रम जारी रहेकाले सरकारले तेश्रो चरणको परीक्षण किटहरु बितरण कदम उठाएको हो।

अमेरिकी हुलाक सेवा (USPS) मार्फत परीक्षण किटहरु अर्डर गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस।

अर्डर गर्ने यहा क्लिक गर्नुहोस

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img