spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ भन्छन – खादा र माला लगाइदिनु पर्दैन मलाई, अनावश्यक खर्च नगर्नु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पैसाले किनेको सम्बन्ध होइन मनले चिनेको सम्बन्ध नै टिक्ने गर्दछ भन्दै धरानवासीले एक आम मानिस हर्कराज राई (हर्कराज साम्पाङ) लाई मेयरमा जिताएका छन् ।

जित्नकालागि पैसा खर्च गर्नै पर्छ, मान्छे बटुली ठुला ठुला र्याली गर्नु पर्छ, टोलटोलमा भोज भतेर गर्नु पर्छ, सबैलाई बियरको बोतल हातमा ठम्मयाएर भोट माग्नु पर्छ भन्ने मान्यतालाई गलत साबित गर्दै धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् ।

धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

साम्पाङले २०,८२१ मत ल्याएर धरान उपमहानगरपालिकाको मेयरका विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६,०५९ मत प्राप्त गरे ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा ले २०, ५१० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७,६०६ मत पाए ।

एक दशक देखि धरानको जनजीवनसँग जोडिएका सवालमा आवाज उठाउदै आएका साम्पाङ्ग जनतालाई दुख र अन्याय पर्ने कुरामा सधैं आन्दोलन गर्दै आएका आम व्यक्ति हुन। धरानेहरुको दैनिकीसँग जोडिएका विषमा आवाज उठाउँदा उनले धेरै पटक प्रहरीको कुटाई खानु परेको तथा प्रहरीले थुनेको धरानका बासिन्दाहरु बताउछन।

आफ्नो विजय पश्चात धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङले भनेका छन् ‘खादा र माला लगाइदिनु पर्दैन मलाई, अनावश्यक खर्च नगर्नु, तपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो। ‘

‘जनताको हीतलाई सर्बोपरि राखेर मेरो आन्दोलन जारी नै रहनेछ। केवल, मेरो भुमिका र शैली परिवर्तन हुने हो तर म सदैव जनताको पक्षमै लडिरहेको हुनेछु। मेरो अभियान जारी नै रहनेछ,’ हर्क साम्पाङ ए रेभुलुसन नामक फेसबुक पेजमा उनले लेखेका छन्।

साम्पाङले उक्त फेसबुक पेजमा भनेका छन् – ‘व्यक्तिगत स्वार्थ लिएर म कहाँ नआउनु। सामाजिक स्वार्थ लिएर आउनु होला।समाजको स्वार्थ नै साझा हीत हो। सबैलाई निष्पक्ष र न्यायोचित व्यवहार नै मेरो विशेषता हो। ‘

यसपालीको निर्वाचनमा साम्पाङले हाते माइक बोकेर टोल टोलमा भाषण गर्दा उनी एक्लै थिए। उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो। केहि दिन पश्चात साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिडेको देखिन थाल्यो। तर , उनको भाषण सुन्ने मान्छे नै हुदैन थिए। उनी थाकेनन , उनले आफ्नो अभियान कायम नै राखे।

निर्वाचन सम्पन भयो – गणनाको तेस्रो दिन सम्म उनी ठुला दलका उम्मेदवार भन्दा पछि थिए। तर , गणनाको चौथो दिनमा कायापलट भयो – साम्पाङले जरो गाडेका पुराना दलका उम्मेदवारहरुलाई पछि पारे।

त्यसपछि सामाजिक सञ्जाल तरंगित भयो – उनका समर्थकहरु बाहिर आउन थाले। धराने जनजीवनमा परिचित र न्यायका लागि जडदै आएका साम्पाङ्गका बारेमा भनियो – ‘भाषण सुन्न पनि नआएका धरानेले भोट जति सबै हर्कलाई खन्याइ दिएछन्।’

आखिर त्यस्तै भयो , धरानेहरुले आफ्नो परम्परागत मत परिवर्तन गर्दै हर्क साम्पाङलाई विजय बनाए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img