spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

फैलिँदैछ मङ्कीपक्स- नेपालको अवस्था के छ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ९२ व्यक्तिमा मङ्कीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु २८ जनामा संक्रमण हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ ।

चिकित्सकहरुका अनुसार यो भाइरस संक्रमणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्रमितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्रमण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् ।

मङ्कीपक्स भाइरस जङ्गली जनावरमा हुन्छ जुन बाँदरभन्दा पनि धेरै मुसामा भएको मानिन्छ।

अफ्रिकामा बढी देखिने भाइरस अहिले यूके र युरोपमा देखिएको छ जहाँ यो एकबाट अर्को व्यक्तिमा सर्ने गरेको मानिएको छ। त्यसैले अहिलेसम्म यो थोरै सङ्ख्यामा देखिएको छ।

यसअघि अफ्रिकासँग स्पष्ट सम्पर्क देखिने व्यक्तिहरूमा मात्रै देखिने मङ्कीपक्स यसपटक भने अन्यमा पनि देखा परेको छ। र यो कसरी भइरहेछ भन्ने स्पष्ट भने छैन।

अहिले देखिएका धेरै सङ्क्रमणमा मङ्कीपक्स यौन सम्पर्कको समयमा सरेको जस्तो देखिन्छ र धेरै जसो सङ्क्रमितहरूको गुप्त अङ्गनजिक डाबर देखिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै मङ्कीपक्स भाइरस असामान्य र गैरस्थानिक बनेर फैलिएको जनाएको छ । ‘मङ्कीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

अहिलेसम्म नेपालमा मङ्कीपक्स देखिएको छैन तर यो फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ।

श्रोत : विश्व स्वास्थ्य संगठन

मङ्कीपक्स के हो?

बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ।

यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन।

यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए।

यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्: मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट।

पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ।

यसका लक्षणहरू के-के हुन्?

सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्।

केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ।

बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ।

कसरी सर्छ?

मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ।

यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ।

अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ।

सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ।

यो कति खतरनाक छ?

धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ।

तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ।

के समलिङ्गी बढी जोखिममा छन्?

यूकेमा सङ्क्रमितमध्ये केही समलिङ्गी भएका कारण यो समलिङ्गीमा बढी हुने रोग हो कि भन्ने प्रश्न उठेका छन्।

तर यो सङ्क्रमित जोकोही व्यक्तिको नजिक सम्पर्कमा हुने जोकोहीलाई पनि सर्न सक्छ।

यूके र युरोपमा अहिलेका सङ्क्रमितहरू बढी समलिङ्गी भएका कारण उनीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

मङ्कीपक्सको उपचार के हो?

सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ।

बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ।

भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्।

के महामारी बन्ला?

यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्।

नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्: “सङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।”

“यो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।”

नेपालको अवस्था के छ?

अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन।

यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ।

नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए।

“सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन,” लालले भने।

लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्।

“अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ,” उनले भने।

(श्रोत : विविसी )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img