spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

नेपालमा फेरी बढ्यो ईन्धनको मूल्य

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।

निगमले जारी गरेको बिज्ञप्ती अनुशार पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १,८०० पुर्‍याइएको छ । यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमले जारी गरेको बिज्ञप्ती उल्लेख गरेको छ ।

यसैबिच, निगमले इन्धनको मूल्यवृद्धि गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । विभिन्न विध्यार्थी संगठनहरूले इन्धनको मूल्यवृद्धिको चर्को विरोध गरेका छन।

निगमले जारी गरेको बिज्ञप्ती

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img