Friday, April 18, 2025
64.2 F
Washington DC.

बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं जिल्ला अदालतले सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम अनुसन्धानका लागि अनुमति माग्न अदालतमा पेस गरेको थियो । पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । 

गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी प्रहरी स्रोतले सञ्चार माध्यमलाई जानकारी गराएको छ ।

यो पनि पढ्नु होस्। सौन्दर्य प्रतियोगितामा यौन शोषण भएको युवतीको आरोप – सहयोग गर्न नसकेकोमा माल्भिका सुब्बाले माफी माग्दै सार्वजनिक गरिन भावुक विज्ञप्ति

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । उक्त सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका पाण्डेलाई प्रहरीले शनिबार अपरान्ह स्वयम्भुबाट पक्राउ गरेको थियो।

आठ वर्षअघिको यो प्रकरण बलात्कारमा मात्र सिमित नभएकाले यसमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुन सक्ने भन्ने बिषयमा तातो बहसको सुरुवात भएको थियो।

यो पनि पढ्नु होस्। आठ वर्षअघिको बलात्कार प्रकरणबारे पिडितलाई न्याय दिन कानूनी प्रावधानको खोजी हुदै

यसैगरी, आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसूर गरेको भन्दै जाहेरी दिएकी प्रहरी स्रोतले सञ्चार माध्यमलाई जानकारी गराएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img