Friday, March 6, 2026
62.1 F
Washington DC.

काठमान्डौको मेयरमा बालेन विजयी- औपचारिक घोषणा हुन बांकी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब वडा नम्बर १४ को मात्रै मतगणना आउन बाँकी छ । मतगणना सकिनुअघि नै मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब औपचारिक घोषणा हुन मात्र बाकि रहेको छ।

विजयको औपचारिक प्रतिक्षामा रहेका बालेन राष्ट्रिय सभागृहमा आएका छन् । उनका समर्थकहरु समेत जम्मा हुन थालेका र विशाल र्‍याली निकाल्ने तयारीमा छन।

स्बतन्त्र उम्मेदवारी दिएका बालेनलाई यसपालीको निर्वाचनमा ठूलो संख्याका युवाहरूले समर्थन र साथ दिएको देखिएको छ । मतगणना भएको स्थान राष्ट्रिय सभागृह अगाडि केही दिनदेखि नै उनीहरूले बालेनको विजय उत्सव मनाउन थालेका छन् ।

बालेनका समर्थनमा युवाहरू लगायत समर्थकहरू उनको पक्षमा नारा लेखिएका टिसर्ट पहिरिएर नाचगान र उत्सवमा सहभागी भएका छन् ।

काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै बालेन मेयरमा विजयी भएका हुन् । यस्तै, उपमेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img