spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

काठमान्डौमा बालेन बने मेयर, सुनिता बनिन उपमेयर

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकाको मेयरमा लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन। निर्वाचन आयोगले ३२ वटै वडाको मतगणना सकेर वेब साइट अपडेट गरे पछि बालेन मेयरमा निर्वाचित भएका हुन।बिहिवार नै मतगणना सम्पन्न भएको र शुक्रवार विहान अन्तिम मत परिणामको घोषणा गरिने निर्वाचन आयोगले बताएको छ। यस पश्चात बालेनले आधिकारिकरूपमा मेयरको जिम्मेवारी सम्हाल्ने छन।

मेयरका उम्मेदवार बालेनले ६१,७६७ मत ल्याएका छन। उनका प्रतिस्पर्धि गठबन्धन तथा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८,३४१ तथा एमालेका केशब स्थापितले ३८,११७ मत ल्याएका छन।

यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगोलले ६८,६१२ मत ल्याएर विजयी भएकी छन। उनका प्रतिस्पर्धि गठबन्धनका तर्फबाट रामेश्वर श्रेष्ठले २३,८०६ मत प्राप्त गरेका छन।

मतगणना सकिनुअघि नै मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै उनको विजय निश्चित थियो ।

विजयको औपचारिक प्रतिक्षामा रहेकै बेला बालेन राष्ट्रिय सभागृहमा आएका थिए। उनका समर्थकहरु समेत जम्मा हुन थालेका र विशाल र्‍याली निकाल्ने तयारीमा योजना बनाउदै थिए।

स्बतन्त्र उम्मेदवारी दिएका बालेनलाई यसपालीको निर्वाचनमा ठूलो संख्याका युवाहरूले समर्थन र साथ दिएको देखिएको छ । मतगणना भएको स्थान राष्ट्रिय सभागृह अगाडि केही दिनदेखि नै उनीहरूले बालेनको विजय उत्सव मनाउन थालेका थिए ।

बालेनका समर्थनमा युवाहरू लगायत समर्थकहरू उनको पक्षमा नारा लेखिएका टिसर्ट पहिरिएर नाचगान र उत्सवमा सहभागी भएका छन् ।

काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै बालेन निकटतम प्रतिस्पर्धि भन्दा २३,४२६ मतान्तरले मेयरमा विजयी भएका हुन् । यस्तै, उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकटतम प्रतिस्पर्धि भन्दा ४४,८०६ को भारी मतान्तरका साथ विजयी भएकी छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img