spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

बञ्चरेडाँडामा फोहोर खसाल्न सुरू

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन कार्य सुरु भएको छ । फोहोर बोकेर पुगेका गाडीलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो ।

प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको हो ।

उपत्यकामा थुप्रिएको फोहोर बोकेर बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडीलाई स्थानीय बासिन्दाले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजक सहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय बासिन्दाले फोहोरको गाडी हरु रोकेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img