Friday, March 6, 2026
51.9 F
Washington DC.

पर्यटहरुको रोजाइमा होमस्टे- विपन्न थारु बोटे समुदायको आयआर्जनमा परिवर्तन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

होमस्टे अर्थात् घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । नवलपुर जिल्लामा विपन्न थारु बोटे समुदायहरुको दैनिकी नै परिवर्तन भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेका कारण मध्यवर्ती सामुदायिक वन भित्र विभिन्न दुर्लभ वन्यजन्तुसँगै नारायणी नदिमा बोटिङसँगै जंगल सफारी गर्न आउने पर्यटहरुको रोजाइमा होमस्टे नै परेको छ । होमस्टेले पनि मध्यवर्ती वनलाई व्यवस्थित गरी पर्यटकलाई त्यही वनमा घुमाउने गरेका छन् ।

खोलाको माछा मार्ने, नदि आसपासमा मात्र आयआर्जन देख्ने यो समुदाय अहिले परिवर्तन देखिन थालेको छ । पुरुषहरु मजदुरी गर्ने र महिलाहरु घरमा नै बसेर समय बिताउने यस समुदायाई अहिले भने पाहुनाको स्वागत गर्नमा भ्याईनभ्याई छ।

माछा मार्ने काममा मात्र सिमित विपन्न थारु बोटे समुदायहरु आयअनर्जनको फरक विकल्पका रुपमा होमस्टेको लोकप्रिय हुन् थालेको छ । खेती, मजदुरी र माछा मारेर जिविको चलाउने यस क्षेत्रका विपन्न समुदायले अहिले सुविधा सम्पन्न होमस्टे सञ्चालन गरेर पर्यटकलाई सेवा दिइरहेका छन् ।

जिल्लामा प्रिपर सुमदायिक होमस्टे, अमलटारी होमस्टे, बरौली होमस्टे सञ्चालन गरेर उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका छन् ।

थारु, बोटे, माझी समुहले होमस्टे सञ्चालनपछि उनिहरुको मौलिक सस्कृतिसँगै संरक्षणसँगै आर्थिक आयआर्जनमा पनि सघाउ पुर्याएको देखिएको छ ।

(सबै फोटो: अमलटारी होमस्टेको फेसबुक पेजबाट)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img