spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा अनिवार्य कोभिड परीक्षणको प्रावधान हटायो – जुन १२ देखि लागु हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सरकारले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई भोली आइतबारदेखि हटाउने भएको हो ।

रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि) ले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार सखारैदेखि खारेज गरिएको बताएको छ । परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि (सिडिसि) ले बताएको छ ।

यसको मतलब जुन १२, २०२२ मा बिहान १२:०१ बजे देखि, हवाई यात्रुहरूले कोभिड–१९ को परीक्षण गराउनु पर्दैन र अमेरिकाको उडानमा चढ्नु अघि कोभिड–१९ परीक्षणको नतिजा वा कोभिड–१९ बाट रिकभरीको कागजात देखाउनु पर्दैन।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि) ले जनाएको छ । यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए ।

विद्यमान नीति अन्तर्गत, अमेरिका उडान गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रस्थान उडानको एक दिन भित्र लिइएको नेगेटिभ कोरोनाभाइरस परीक्षणको प्रमाण पेश गर्नु पर्ने प्राबधान छ । विदेशी नागरिकहरूले अझै पनि अमेरिका प्रवेश गर्न कोरोनाभाइरस विरुद्धको खोप लगाउनु पर्ने प्राबधान छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img