spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

मोटोपनले चिन्तित हुनुहुन्छ ? घरेलु उपायहरुको प्रयोगले घटाउन सकिन्छ मोटोपन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अस्वस्थ जीवनशैलीका कारण आजको सबैभन्दा ठूलो रोग मोटोपन भएको छ । यो रोगले विश्वभरी नै महामारीको रुप लिएको छ । नेपालमा धेरै मानिस मोटोपनले पिडित छन् । मोटोपनका कारण शरीरमा धेरै प्रकारका समस्याहरु आउन थाल्छन् । जब समस्याहरू बढ्न थाल्छन्, मानिसहरू मोटोपन कम गर्ने उपायहरू खोज्न थाल्छन् । धेरै पटक सही जानकारीको अभावमा मानिसहरु आफ्नो तौल घटाउन सक्दैनन् ।

मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु  गरिएका छन्। आफ्नो शरीरको संवेदनशीलतालाई पनि ख्याल राख्दै यी जडिबुटीहरु उचित मात्रामा मिलाएर खानुपर्ने हुन्छ।

यस लेख मार्फत शरीरको मोटोपन घटाउनका लागि भान्सामा सहजै पाइने वनस्पतिहरुमा केन्द्रित भएर घरेलु उपायहरुको बारेमा चर्चा गरिएको छ  । तपाईं यी प्रभावकारी उपायहरु मार्फत तौल घटाउन सक्नु हुनेछ।

मोटोपन के हो?

जब मानिसको शरीरको तौल सामान्यभन्दा बढी हुन्छ, त्यसलाई मोटोपन भनिन्छ। तपाईंले खानाको रूपमा दैनिक जति क्यालोरी लिनुहुन्छ,  तपाईंको शरीरले त्यो दिन जब खर्च गर्न सक्दैन, तब अतिरिक्त क्यालोरीहरू बोसोको रूपमा शरीरमा जम्मा हुन थाल्छ जसका कारण शरीरको तौल बढ्न थाल्छ।

मोटोपना कारणहरू:

बढी तौल भएका मानिसको शरीरमा बोसोको मात्रा बढी जम्मा हुन्छ । गलत दिनचर्या, प्रदूषण र अपचका कारण शरीरमा बिस्तारै यस्तो हुने गर्छ । तौल दुई कारणले बढ्छ, जसमा…

  • अस्वस्थ खाने बानी
  • शारीरिक गतिशीलतामा कमि

मोटोपनका लक्षणहरू:

कुनै व्यक्तिको उचित तौल कति हुनु पर्दछ भन्ने कुरा उसको  बिएमआई. (BMI ) मा निर्भर गर्दछ । बिएमआई दुई कुरामा निर्भर गर्दछ –

  • उचाइ
  • तौल

तपाईले आफ्नो तौल  बिएमआई द्वारा जाँच गर्न सक्नुहुन्छ।

  • यदि तपाईंको बिएमआइ १८. ५  भन्दा कम छ भने, तपाईंलाई कम तौल मानिनेछ।
  • यदि तपाइँको बिएमआइ  १८. ५ र २४. ९ को  बिचमा छ भने तपाइँको तौल सामान्य मानिन्छ।
  • त्यस्तै, बिएमआइ २५ देखि ०२९.९ सम्म भएमा  बढी तौल भएको मानिन्छ ।
  • ३० भन्दा बढीको बिएमआइ भएमा यसलाई मोटोपना वा मोटोपन भनिन्छ।
  • गर्भावस्थाको समयमा बिएमआइको सीमा लागू हुँदैन।
  • बिएमआइ उमेर र लिङ्गमा भर पर्दैन।

आफ्नो  बिएमआई जाच्न होस्

मोटोपन/तौल घटाउने घरेलु उपचार विधि :

मोटोपन घटाउन यी घरेलु उपाय अपनाउन सकिन्छ :-

दालचिनी
साढे एक ग्राम दालचिनीको धूलो दिनको तिन पटक गरी सेवन गर्दा शरीरमा तौल बढाउन सक्ने तन्तुहरुलाई नियन्त्रण गर्ने तथ्यहरु विभिन्न सोधहरुमा फेला परेका छन्। यसको पेय बनाएर सेवन गर्दा कम्मरको चौडाई घट्ने, रगतमा लिपीडको मात्रा कम हुने, बोसो पग्लिने जस्ता लाभहरु प्राप्त गर्न सकिन्छ।  मधुमेहका बिरामीहरुमा दालचिनीले इन्सलिनको मात्रामा सुधार ल्याएको तथ्य अस्ष्ट्रेलियामा भएको अनुसन्धानमा फेला परेको थियो। यसमा पाइने पोलीफिनोलिक यौगिकहरुले शरीरमा चिल्लो पदार्थको अवशोषणलाई रोक्छ। दालचिनीको आधा चम्चा धूलो एक कप पानीमा उमालेर पिउनुपर्छ। यसलाई दिनमा तीन पटकसम्म पिउनाले मोटापन नियन्त्रणमा बढी फाइदा पुग्छ।

अदुवा
अदुवाको नियमित सेवनबाट मोटोपन नियन्त्रण गर्न सकिने कुरा थुप्रै अध्यननहरुले प्रमाणित गरेका छन्। अदुवालाई पानीमा पकाएर खाली पेटमा खानाले पाचन प्रक्रिया र जीव रसायनिक प्रक्रियालाई गतिशिल बनाउँछ। मोटोपन भएका ८० जना महिलाहरुलाई दुई ग्राम अदुवा प्रति दिनका दरले ८ देखि १२ हप्तासम्म खान लगाई एउटा अनुसन्धान गरिएको थियो। त्यसमा ती व्यक्तिहरुको तौल घटाउन अदुवा उपयोगी भएको पाइएको छ। अदुवालाई काँचो वा पानीमा उमोलर अन्य जडिबुटीहरुसँग मिसाएर, कागतीको रस राखेर चियाको रुपमा समेत खाली पेटमा खाँदा बढी प्रभावकारी हुन्छ। अदुवाको सेवनले रगतमा चिनिको मात्रा नियन्त्रण गरिदिन्छ र बोसो बन्न पाउँदैन। अदुवाको नियमित सेवनगर्दा आफ्नो शरीरको  संवेदनशीलतालाई ख्याल गर्नुपर्छl

कागती
कागती शरीरको तौल नियन्त्रणका लागि अति प्रभावकारी मानिन्छ। दक्षिण कोरियामा गरिएको एउटा अध्ययन अनुसार १४० ग्राम कागतीको रस, १४० ग्राम निबुवाको रस दुई लिटर पानीमा मिसाई लगातार ११ दिनसम्म खाँदा शरीरको बोसो घटेको, कम्मरको चौडाई कम भएको र कुल तौल पनि घटेको पाइएको थियो। मनतातो पानीमा एउटा सिंगो कागतीको रस, स्वादका लागि पुदिना र थोरै मात्र गुंण राखेर बिहान खाली पेटमा खानाले तौल घट्छ। त्यसका साथै कोलेस्ट्रोल, एलडीएल र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ। माथि उल्लेख गरिए जति कागतिको रस प्राप्त गर्न  कम्तीमा ५ देखि ७ वटासम्म कागती दैनिक सेवन गर्नुपर्ने हुन्छ। अलि बढिनै परिमाणमा सेवनगर्दा आफ्नो शरीरको    संवेदनशीलतालाई ख्याल गर्नुपर्छ l

हरियो चिया (ग्रिन टी)
हालै प्रकाशित एउटा सोधमा उल्लेख गरे बमोजिम ग्रिन टी को लगातार ८ देखि १२ हप्तासम्म करिब एक ग्राम एक्ट्रयाक्ट प्रतिदिनका दरले खाँदा सो अवधिमा ३ दशमलव ५ किलो ग्राम शरीरको तौल र ४ दशमलव १४ सेमी कम्मरको गोलाई घटेको तथ्य युरोपियन जर्नलमा प्रकाशित भएको छ।

ग्रिन टी को गुणस्तरको हिसाबले करिब ८ सय मिलीग्राम क्याटाचीन र न्यून मात्रामा क्याफिन रसायनहरु भएको ग्रिन टी तौल  घटाउन प्रभावकारी पाइएको छ। ‘ग्रिन टी’का पोलीफिनोल रसायनहरुले पेटमा संकलित चिल्लो पदार्थ र ग्लुकोजलाई शरीरको मुख्य प्रणालीमा प्रवेश हुनबाट रोक्छन्।

लगातार तीन महिनासम्म ग्रिन टी सेवन गर्दा शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा घटाउँछ । साथै बोसोलाई उर्जामा परिणत गराई तौल नियन्त्रण गर्छ। सचेत हुन के जरुरी छ भने क्याफिनको मात्रा बढी भएको ग्रिन टी, तौल नियन्त्रणका लागि राम्रो हुँदैन। शारीरिक व्यायाम सुरु गर्नुभन्दा पहिले ग्रिन टी सेवन गर्नाले बोसो घटाउन विशेष मद्दत पुग्छ। मधुमेहका बिरामीहरुका लागि ग्रिन टी अझ बढी प्रभावकारी हुन्छ। राम्रो नतिजाका लागि उल्लेखित पोलीफिनोल प्राप्त गर्न प्रति दिन ३ देखि ४ ग्राम ‘ग्रिन टी’को पात लगातार तीन महिनासम्म पिउनुपर्छ।

जीरा 
जीरा हाम्रो भान्सामा सजिलै पाईन्छ। शरीरको मोटोपन नियन्त्रणका लागि जीरा अत्यन्त प्रभावकारी मानिन्छ। मोटोपन भएका एक सय जना महिलाहरुलाई जीराको रस खुवाई तौल नियन्त्रण भएको तथ्य ईरानका मेडिकल विश्वविद्यालयका प्राध्यापक जोर ले पुष्टि गरेका छन्। जीराको रसले रगत सफा गर्छ। बोसो पगाल्न मद्दत गर्छ। रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ। लीपीड प्रोफाइलका सूचकाङ्कहरु नियन्त्रण गर्छ। पाचन प्रक्रिया वृद्धि गर्छ र विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्छ। करिब २ चम्चा जीरालाई पानीमा भिजाएर रातभरी राख्ने र बिहान उमालेर रस तयार पारी लगातार दुई महिनासम्म खानाले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ। तौल घटाउने उद्देश्यले जीरा पानी खाँदा बिहान खाली पेटमा खानुपर्छ। जीराको रसमा थप दालचिनी, मेथी, कागतीको रस आदी पनि मिसाएर सेवन गर्न सकिन्छ।

तुलसी
तुलसीको काडा केही महिनासम्म नियमित सेवन गर्नाले मोटोपन नियन्त्रण गर्न सकिन्छ। तौल बढी भएका व्यक्तिहरुमा गरिएको अनुसन्धानमा प्रतिदिन १० ग्रामका हिसाबले तुलसी १२ हप्तासम्म खाली पेटमा सेवन गर्दा शरीरको तौल, रगतको बोसो लगायत जीवन रसायनिक सूचकाङ्कहरु नियन्त्रण भएको पाइएको छ। प्रयोगशालामा सोधकर्ताहरुले, तुलसीको रसको प्रयोगले रगत सफा पार्ने, पाचन प्रक्रिया गतिशिल बनाउने र मधुमेशहका बिरामीलाई बढी फाइदा भएको पुष्टि गरेका छन्। दैनिक तुलसी खाँदा शरीरको बोसो घट्ने, शरीरमा लाभदायक सुक्ष्म जीवाणुहरुको विकास हुने, कलेजोको कार्य क्षमता वृद्धि हुने भएकाले बढी भएको तौल घटाउन लाभकारी मानिन्छ। तुलसीको १५–२० वटा पातको काडा पकाई खाली पेटमा खानाले बढी फाइदा हुन्छ।

धनिया
धनियाको दानामा प्रशस्त मात्रामा मिनरल, भिटामिन, फाइटोस्टेरोल लगायतका रसायनहरु पाइन्छ। शरीरको मोटोपन नियन्त्रणका लागि यी रसायनहरुको प्रमुख भूमिका हुन्छ। धनियाको दानाको रसले पाचन क्रियालाई मजबुत बनाउने, कलेजोको कार्यलाई सहयोग गर्ने, कोलेस्ट्रोलको मात्रा कम गराउने र साथ साथै तौल बढाउने तन्तुहरुलाई वृद्धि हुनबाट रोक्छ।  एउटा अनुसन्धानमा जम्मा ८० जना मोटोपन भएका व्यक्तिहरुमा दैनिक २ ग्रामका दरले ४० दिनसम्म धनिया प्रयोग गर्दा शरीरको उचाईको अनुपातमा तौल, कोलेस्ट्रोल, टिजी, एलडीएल आदि घटेको पाइएको छ। दुई चम्चा धनियाको दाना, एक गिलास पानीमा रातभरी भिजाउने र त्यसलाई छानेर बिहान खाली पेटमा ७५ दिनसम्म खानुपर्छ। धनियाको पातबाट तयार पारिएको रस पनि प्रयोग गर्न सकिन्छ। साथै लसुन  वा कागतीको रससँग मिसाएर खाँदा अझ प्रभावकारी हुने कुरा कृषि विश्वविद्यालय पाकिस्तानका सोधकर्ताले उल्लेख गरेका छन्।

मेथी
शरीरमा सञ्चित हुने चिनीलाई मेथीले घटाउँछ र बोसो को रुपमा परिणत भएर जम्मा हुन दिँदैन। एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा रातभरी भिजाएर राख्ने र बिहान खाली पेटमा पानी सहित चपाएर खानाले मोटापन नियन्त्रण हुन्छ। साथै अन्य धेरै रोगहरुका लागि यो लाभदायक मानिन्छ। तौल व्यवस्थापनको प्रयोजनका लागि मेथीको सेवन कम्तीमा १५ दिन र बढीमा ९० दिनसम्म गर्न सकिन्छ। मेथीको दानामा पाइने अघुलशील रेसाहरुले शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ र तौल नियन्त्रण गर्न सहयोग गर्छ।

लसुन
मोटोपन भएका ४० जना व्यक्तिहरुमा एक सय मिली ग्राम प्रति केजी शरीरको तौलका हिसाबले दिनको दुई पटक गरी काँचो लसुन लगातार चार हप्तासम्म प्रयोग गर्दा पेटको गोलाई, कम्मरको चौडाई, भुँडीको जमेको बोसो, कोलेस्ट्रोल, शरीरको कुल तौल, घटेको कुरा भारतको यस.पी मेडिकल कलेजका सोधकर्ताहरुले पत्ता लगाएका छन्। लसुनमा पाइने फिनोलीक, सल्फर र टरपीन जस्ता रसायनहरुले शरीरको बोसो पगाल्न मद्दत गर्दछ र टिजी पनि कम गर्छ । लसुन-पानीमा कागतीको रस पनि मिसाएर खाएमा तौल नियन्त्रणका लागि प्रभावकारी हुन्छ।

(श्रोत: डा राजेन्द्र ज्ञवाली,जडिबुटी विज्ञ , आचार्य बालकृष्ण, पतान्जली )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img