spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

आज बाल श्रम विरुद्धको दिवस, विश्वभर मनाइँदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज जुन १२ अर्थात विश्व बालश्रमविरुद्वको दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम त्यो काम हो जसले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ । जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ ।

कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वर्द्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ महासन्धि र निकृष्ट प्रकारको बाल श्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ ।

बाल श्रम रोक्न प्रयास भइरहे पनि त्यो पर्याप्त देखिएको छैन । अहिले पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img