spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

लोकप्रिय गायक जस्टिन बीबरको अनुहारको आधा भाग ‘प्यारालाइज्ड’

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्यानडियन गायक जस्टिन बीबरले आफु हाल राम्से हन्ट सिन्ड्रोम नामक रोगसँग जुधिरहेको बताएका छन् । बीबरले आफ्नो इंस्टाग्राम अकाउन्ट मार्फत आफ्नो अनुहारको आधा भागमा प्यारालाइसिस भएको जानकारी दिएका छन् ।

२८ बर्षिय बीबरले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै इन्स्टाग्राममा पोस्ट गरेको भिडियाेमा भनेका छन् – “तपाईं देख्न सक्नुहुन्छ म एउटा आँखा झिम्क्याउन नै सक्दिनँ । मलाई ‘राम्से हन्ट सिन्ड्रोम’का रोग लागेको हो । मेरो एकातिरको भाग नचल्दा म हाँस्न सकेको छैन । अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएछ जसले मेरो छाला, दिमाग, शक्ति लगायतक मेरै स्वास्थ्यलाई असर गरेको छ”।

बिबरले आफुलाई भएको यस संक्रमणको बारेमा आगामी डकुमेन्ट्री श्रृंखला ‘जस्टिन बीबर : सिजन्स’मा पनि बताउने भएका छन् । १० भागको यो कार्यक्रम जनवरी २७ मा रिलिज हुने बताइएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img