Friday, March 6, 2026
51.9 F
Washington DC.

ओमानविरुद्ध नेपालको सानदार जित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले हराई सानदार जित हासिल गरेको छ।  

यस जितसँगै नेपाल लिगको पाँचौं स्थानमा पुग्न सफल भएको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।

ओमानले दिएको एक सय ६४ रनको लक्ष्यलाई नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्सखेलेका थिए । आसिफले ६२ र कुशलले ५६ रन बनाएका थिए । दुवैको यो एकदीवसीय करियरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गरेका थिए । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो । यस्तै रोहित पौडेलले अविजित २६ र देव खनालले १० रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए । बलिङमा ओमानका फैज बटले दुई तथा खवर अलीले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सवै विकेटको क्षतिमा १६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, सन्दीप गौडले ४७, जतिन्दर सिंहले २३ र नसिम खुसीले १० रन जोडेका थिए ।

नेपालका करण केसीले पाँच विकेट , कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । जितसँगै पाँचौं स्थानमा उक्लिएको नेपालले १५ खेलबाट १५ नै अंक बनाएको छ । लिगमा सबै ३६ खेल सकेको ओमान ४४ अंक सहित शीर्षस्थानमा यथावत छ ।

सिरिजको अन्तिम खेलमा नेपालले आजै (बुधबार) राति अमेरिकाविरुद्ध खेल्नेछ। ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img