Friday, March 6, 2026
53.4 F
Washington DC.

एसपीपीमा सहभागी हुन सेनाले पठाएको भनिएको पत्र सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ग्लोबल न्यूज ब्रेकले प्राप्त गरेको पत्रअनुसार नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको पत्र मिडियाहरुले सार्वजनिक गरेका छन् ।

सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बाेधन गरिएकाे उक्त पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

पत्रमा एसपीपीले दुवै देशको साझा सुरक्षा सम्बन्ध दीर्घकालीन रूपमा अघि बढ्ने र भावी सुरक्षा सहकार्यका लागि आधार तयार हुने उल्लेख छ ।

तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बाेधन गरिएकाे उक्त पत्रमा क्षेत्रीले नेपाल सरकारबाट अनुमति प्राप्त भएअनुसार औपचारिकरुपमा स्टेट पार्टनरसिप प्रोग्राम स्थापनाका लागि आग्रह गरेको उल्लेख गरेका छन्।

बुधबार अमेरिकी दुतावसाले नेपाली सेनाको पत्रका आधारमा सन् २०१९ मा नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा छनौट गरिएको उल्लेख गरेको थियो।

सन् २०१५ र सन् २०१७ मा प्राप्त पत्रका आधार आफूहरुले नेपाली सेनालाई उक्त कार्यक्रममा सामेल गरेको उल्लेख गरेको थियो।

एसपीपी प्रकरणको तिब्र विरोध भएपछी नेपाली सेनाले एसपीपीमा सहभागिता जनाउने विषयमा हालसम्म कुनै निर्णय नभएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले एसपीपी सम्झौता राष्ट्रहितविपरीत भएको र त्यसको अग्रसरता वर्तमान सरकारले लिएको दाबी गर्दै आएका छन् ।

उता , नेपाली सेनाले पठाएको भनिएको सार्वजनिक पत्रमा सेनाले प्रयोग गर्ने गरेको लोगो लगायत कुनै पनि ढाचाँ नमिलेको देखिएकाले आधिकारिकतामा धेरै प्रश्न उठेपछि सैनिक मुख्यालयमा बैठक बसेको समाचार सूत्रले जानकारी गराएको छ ।

हेर्नुहोस् पत्र

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img