spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तत: अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएको घोषणा गरेका हुन्।अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गराएको चर्को आरोप छ। त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभीफुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताए । 

समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएको बताए । तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनको भनाई थियो । अर्थमन्त्रीले शर्माले भने, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

उनले आफूविरुद्ध अनेक कथा बुनिएको भन्दै अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img