Friday, March 6, 2026
53.4 F
Washington DC.

पाकिस्तानमा भिषण बाढीले लियो २५ जनाको ज्यान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ। पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन्।

  • बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका अधिकारीले सो बाढी र पहिरोबाट भएको क्षतिबारे जानकारी दिएका हुन्। उनका अनुसार केही दिनदेखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता भएका छन्।

बाढीले स्थानीय बस्तीका विजुली, पानीको धारा एवम् यातायातका संरचनामा क्षति पुर्‍याएको छ। कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन्। क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ। 

(श्रोतः एजेन्सी)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img