spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

पाकिस्तानमा भिषण बाढीले लियो २५ जनाको ज्यान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ। पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन्।

  • बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका अधिकारीले सो बाढी र पहिरोबाट भएको क्षतिबारे जानकारी दिएका हुन्। उनका अनुसार केही दिनदेखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता भएका छन्।

बाढीले स्थानीय बस्तीका विजुली, पानीको धारा एवम् यातायातका संरचनामा क्षति पुर्‍याएको छ। कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन्। क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ। 

(श्रोतः एजेन्सी)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img