spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

नेपालमा रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा खाना पकाउने पाककलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवर्द्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले संचार माध्यमहरूलाई जानकारी दिएका छन । पाककलासम्बन्धी रियालिटी शो नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो।

नेपाली खानाको प्रवर्द्धनका लागि एउटा प्लेटफर्म बनाएर त्यसमा आफुले पुलका रुपमा काम गर्न लागेको पान्डेले बताए।

यस शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रुचि हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ ।

पान्डेका अनुसार धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्ने छन । यसैगरी, सेफ नेपालकालागि सेलीब्रेटी जजका रुपमा नायिका प्रियङ्का कार्की रहेकी छन ।

साउन पहिलो सातादेखि कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने निर्माता पाण्डेले जानकारी दिएका छन । विजेतालाई रु २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ । 

निर्माता पाण्डेले भन्छन “नेपाली खानाबारे धेरै अध्ययन र प्रतिस्पर्धा भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिबिसी मास्टर सेफजस्ता शो भइरहेका छन् । यो मास्टर सेफकै विधि हो, मास्टर सेफ ल्याउँदा बढी खर्चिलो हुने भएकाले हामीले नेपालकै मौलिक ब्राण्ड बनाउन खोजेका हौँ।”

प्रतियोगिताकालागि यतिबेला ‘प्रि अडिशन राउण्ड’ चलिरहेको र अनलाइनबाट प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् । औपचारिक घोषणा भइसकेको शो लागि ‘अनप्रोफेस्नल’ले पनि सहभागिता जनाउन पाउने पान्डेले जानकारी गराए । गृहिणी, खाना पकाउन रुचाउने कला भएका व्यक्ति तथा होटल म्यानेजमेन्ट अध्ययन गरेकाले सहभागिता जनाउन सक्नेछन् ।

विजेता कसरी छानिन्छन?

अनलाइन आवेदनमध्ये १०० जनालाई छानिने छ । उनीहरुले निर्णायकका अगाडि लाइभ अडिशनमा आफ्नो कला देखाउनुपर्नेछ । तीसजना छनोट भएपछि उनीहरुमध्ये कुकिङ प्रतिस्पर्धाबाट एलमिनेट राउण्डका लागि १५ जना छनोट गरिनेछ । त्यसपछि एलिमिनेट राउण्ड सुरु भएपछि १५ जनाबाट एक÷एक जना एलिमिनेट हुँदै टप तीन छनोट गरी उनीहरुमध्येबाट सेफ नेपाल विजेता घोषणा गरिने आयोजकले जनाएको छ । 

कार्यक्रमको निर्णायक टीमः

कार्यक्रमको निर्णायकमा प्रियङ्का कार्की, सेफद्वय गणेश ढकाल र लम्मणप्रसाद भण्डारी छन । हरेक ‘एपिसोड’मा तीन निर्णायकबाहेक अन्य दुईजना अतिथि एक सेलिब्रेटी र अर्का एक सेफ रहनेछन् । यो कार्यक्रम अवधिभर सेफहरुलाई आफ्नो पाककला देखाउने अवसर पनि पाइने पाण्डेले बताए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img