spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

श्रीलंकाका प्रधानमन्त्रीले राजीनामा दिने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन् । सर्वदलीय बैठक पश्चात आफुले राजिनामा दिने बताएका हुन। त्यस बैठकपछि उनले ट्विट गर्दै आफूले राजीनामा दिने घोषणा गरेका हुन्। श्रीलङ्कामा बढ्दो आर्थिक संकटका कारण त्यहाँका रुष्ट जनताले प्रदर्शन गर्दै आएका छन्। 

सर्वदलीय बैठक पश्चात उनले ट्विटमा लेखेका छन्,‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु। त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु।’

शनिबार राष्ट्रपति निवास र कार्यालयमा विशाल जुलुस सहितको रुष्ट प्रदर्शनकारी प्रवेश गरी नारा लगाउदै कार्यालय तोडफोड समेत गरेपछि प्रधानमन्त्री विक्रेमसिङ्घेले सर्वदलीय बैठकको अह्वान गरेका थिए ।

श्रीलङ्काका विभिन्न सहर लगायत तथा राजधानी कोलोम्बोमा शनिवार भएको प्रदर्शनमा उल्लेख्य संख्यामा जनसहभागिता रहेको संचार माध्यमले बताएका छन्।

राजधानी कोलोम्बोमा प्रदर्शनकारीहरुको ठुलो जुलुस राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी मुलुकको सङ्कट समाधान गर्न नसकेकाले राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए। मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै दुबैको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् ।

संचार माध्यमहरुका अनुसार हजारौँ आक्रोशित प्रदर्शनकारी श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षको निवासमा प्रवेश गर्नु पूर्व उनलाई सुरक्षित स्थानमा लागिएको थियो । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा कर्फ्यू जारी गरेको छ ।

सर्वदलीय बैठक पछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताएको भन्ने उल्लेख गरिएको छ।

दशौं हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए। उनीहरूले वर्तमान् नेतृत्वले श्रीलङ्काको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै चर्को नाराबाजी लगाएका थिए।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img