Wednesday, June 10, 2026
72.7 F
Washington DC.

ट्विटरले एलोन मस्कलाई मुद्दा हाल्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ट्विटरले टेस्लाका सीईओ एलोन मस्कलाई कबुल गरेको कम्पनी किन्ने ४४ बिलियन डलरको सम्झौता अन्त्य गरेकोमा अदालतमा मुद्दा हाल्ने बताएको छ।

एलोन मस्कले कम्पनी किन्ने सम्झौता अन्त्य गरेको जानकारी गराए पश्चात शुक्रबार साँझ ट्विटर बोर्ड अध्यक्ष ब्रेट टेलरले ट्विटर सम्झौता लागू गर्न कम्पनी अदालत जाने एक ट्वीट मार्फत भनेका छन् । “ट्विटर बोर्ड मस्कसँग सहमत भएको मूल्य र सर्तहरूमा लेनदेनलाई टुङ्ग्याउन प्रतिबद्ध छ र मर्जर सम्झौता लागू गर्न कानूनी सहयोग लिने योजना रहेको छ,” टेलरले लेखेका छन् । “हामी विश्वस्त छौं कि हामी चान्सरीको डेलावेयर अदालतमा विजयी हुनेछौं।”

युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशन (एसईसी) मा दायर गरिएको र ट्वीटरलाई शुक्रबार ८ जुलाईमा लेखिएको पत्रमा मस्कले ट्वीटर किन्नको लागि उनले आफ्नो ४४ विलियन डलरको सम्झौताको बोल रद्द गर्ने बताएका छन्। ट्विटरले यसको प्रयोगकर्ता डेटाको बारेमा “झूटा र भ्रामक” तथ्यहरु प्रस्तुत गरेको भन्ने मक्सले आरोप लगाएका छन्

मस्कले गत अप्रिल २५ मा ट्विटर किन्न निर्णय गरेका थिए र त्यसपछि ट्विटरको बास्तबिक दैनिक सक्रिय प्रयोगकर्ताहरूका बारेमा चर्चा गर्दै आएका थिए ।

ट्विटरले स्प्याम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी प्रदान गर्न असफल रहेको मस्कका वकिलहरूले भनेका छन्।

आफुले कबुल गरेको कम्पनी किन्ने ४४ बिलियन डलरको सम्झौता अन्त्य गरे बापत मक्सले ब्रेक-अप शूल्क स्वरुप १ बिलियन डलर ट्विटरलाई तिर्नु पर्ने प्राबधान रहेको संचार माध्यमहरुले लेखेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img