Tuesday, May 20, 2025
62.9 F
Washington DC.

अर्थर गनले नेपालमा प्रस्तुति दिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चर्चित नेपाली मूलका गायक अर्थर गन ‘दिवेश पोखरे’ ले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘होम कमिङ टुर’का लागि उनी नेपाल जान लागेका हुन्।

अर्थर सन् २०२० को अमेरिकन आइडल १८ औं सिजनको उपविजेता हुन। अर्थर अमेरिकामा बसोबास गर्दछन र यसै महिना नेपाल जाने कार्यक्रम भएको आयोजकले बताएका छन् ।

अर्थरले अगस्त २० देखि सेप्टेम्बर १६ सम्म काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउने भएको हो ।

८ वटा गीतको आफ्नो पहिलो एल्बम ‘ग्रहण’ २०१८ मा बजारमा ल्याएका पोखरेलले अंग्रेजी गीत प्रस्तुतिमा उनले आइडलका लागि भएको अडिसनबाटै बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यु एभर सिन द रेन’ गीत गाएर आफ्नो फरक पहिचान बनाएका थिए ।

‘होम कमिङ टुर’मार्फत् नेपालमा सांगीतिक प्रस्तुतिकालागि जान लागेका अर्थरले टुरमा सहयोग गर्ने टुबोर्गप्रति खुशी व्यक्त गर्दै साथ दिने सबै शुभचिन्तकहरूको माझमा प्रस्तुति दिन आफु निक्कै उत्साहित भएको भनेका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img