Friday, March 6, 2026
51.9 F
Washington DC.

बिहार राज्यमा आठौं पटक मुख्यमन्त्रीका रूपमा नितिशकुमारले लिए शपथ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बिहार राज्यमा आठौं पटक मुख्यमन्त्रीका रूपमा नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिएका छन् ।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेको भोलिपल्ट नै उनी पुनः बिहार राज्यको मुख्यमन्त्री बनेका छन् । सातदलीय महागठबन्धनको मंगलवार बसेको बैठकले नितिशकुमारलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । उनलाई तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलले समर्थन गर्दै फेरि सत्तामा पुर्याएका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिनुभयो । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित हुनुहुन्थ्यो ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई १६४ जना विधायकको समर्थन छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img