रुसबाट तेल खरिद गरेकोमा युक्रेनले भारतको कडा आलोचना गरेको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार भनेका छन् कि युक्रेनले भारतबाट “अधिक व्यावहारिक सहयोग” को अपेक्षा गरेको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री कुलेवाले युक्रेन भारतको भरपर्दो साझेदार भएको तर रुसबाट कच्चा तेल किनेर वास्तवमा भारतले युक्रेनको रगत किनेको बताएका छन् ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले बैंककमा रुसबाट तेल र ग्यास खरिद गरेको बारेमा भारतको बचाउमा मन्तब्य राख्दै गर्दा युक्रेनको यो कडा टिप्पणी आएको हो ।
तेलको हरेक ब्यारेलमा युक्रेनको रगत छ
युक्रेनी विदेशमन्त्रीले भनेका छन् , “जब भारतले रूसबाट छुटमा कच्चा तेल खरिद गर्छ, त्यो छुट कतैबाट नभई युक्रेनको रगतले भरिएको भन्ने बुझ्नुपर्छ। भारतले पाउने रुसी कच्चा तेलको प्रत्येक ब्यारेलमा युक्रेनको रगत फेला पर्ने छ । हामीले भारतसँग मित्रता राखेका छौं। मैले देशमा फसेका भारतीय विद्यार्थीहरूलाई बाहिर निकाल्न सहयोग गरेको थिए । हामीले भारतबाट युक्रेनका लागि थप व्यावहारिक सहयोगको अपेक्षा गर्दछौ ।”
परराष्ट्रमन्त्री कुलेबाले द हिन्दूसँग कुरा गर्दै भारत र युक्रेनलाई आवश्यक समानता भएका दुई प्रजातान्त्रीक मुलुक भएको चर्चा गर्दै एकअर्काको साथमा उभिनुपर्ने” उल्लेख गरेका छन् ।
रूस भारतको दोस्रो ठूलो आपूर्तिकर्ता बन्यो
रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि लगाएको प्रतिबन्धपछि अमेरिका र युरोपेली देशले रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन् । तर पश्चिमा मुलुकको आलोचनाका बाबजुद भारतले रुसबाट तेल किन्ने क्रम जारी राखेको छ । युक्रेन युद्धपछि भारतले तेल आयात बढाएको छ र रुससँग व्यापार जारी राखेको छ। भारतका एक वरिष्ठ सरकारी अधिकारीले जुन महिनामा रुसबाट भारतको कच्चा तेलको आयात अप्रिलदेखि ५० गुणाले बढेको बताएका थिए। मे महिनामा रुसले साउदी अरेबियालाई उछिन्दै भारतलाई कच्चा तेलको दोस्रो ठूलो आपूर्तिकर्ता बनाएको छ ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया