spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

अग्निपथमा नेपालीलाई भर्ना गर्ने योजना अनिश्चित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतीय सेनाले अग्निपथमा नेपालीलाई भर्ना गर्ने योजना अनिश्चत भएको छ । यस योजना अन्तर्गत बुटवलमा २५ अगस्टदेखि ७ डिसेम्बरसम्म र धरानमा  १९ देखि २८ सेप्टेम्बर सम्म भर्ना प्रक्रिया सुरु गरिने भएको थियो । हाललाई यो प्रक्रिया अनिश्चित भएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।

वास्तवमा अग्नीपथ योजना नेपालीहरूलाई पनि भर्ना गर्ने भारत सरकारको योजना हो । यसका लागि गोरखा रिक्रूटमेंट डिपो गोरखपुर र दार्जिलिंगले नेपालको बुटवल र धरानमा भर्ना प्रक्रिया आरम्भ गर्ने समयसीमा तोकेको थियो ।

१४ जुनमा घोषणा गरे अनुसार अग्निपथ योजनाले सुरुमा युवाहरूलाई साढे १७ देखि २१ वर्षको समूहमा चार वर्षको लागि मात्रै भारतीय आर्मीमा भर्ना लिने कुरा गरेको थियो। यो योजनामा भर्ना भएका २५ प्रतिशत जवानहरूलाई मात्र १५ वर्ष भन्दा बढी समयका लागि जागिर दिइने छ।

भारतमा योजना घोषणा भएपछि देशव्यापी आन्दोलन भयो र त्यो आन्दोलनको भावनालाई मनन गर्दै, केन्द्रले भर्तीको निम्ति तोकिएको उमेर २३ वर्ष सम्मको राखेको छ। यो नयाँ योजना अन्तरगत भर्ती हुने अफिसरलाई अग्निवीर भनिने छ।

भारतीय सेनामा गोर्खाहरूको इतिहास
भारतले स्वतन्त्रता पाउने क्रममा नेपाल, भारत र बेलायत बीच हस्ताक्षर गरिएको त्रिपक्षीय सन्धि अनुसार भारतीय सेनाले नेपाली सैनिकहरू भर्ती गर्ने गरेको छ। हाल, गोर्खा रेजिमेन्टले भारतीय सेनाको ४३ बटालियनहरूका लागि भारत र नेपालबाट सातवटा रेजिमेन्टहरूमा सैनिक भर्ती गर्छ। रेजिमेन्ट -पहिलो, तेश्रो, चौथो, पाँचौ, आठौ, नवौँ र एघारौँ रहेका छन्।

द प्रिन्टले उद्धृत गरेको स्रोतका अनुसार गोर्खा रेजिमेन्टमा ६० प्रतिशत नेपाली गोर्खाहरू छन् भने बाँकी भारतीय गोर्खाहरू।

भारतीय मिडिया द इन्डियन एक्सप्रेस अनुसार, भारतले झन्डै १,४०० जना सैनिक गोर्खा रेजिमेन्टमा वार्षिक रुपमा नियुक्त गर्ने गरेको छ। (कोभिड भन्दा अगाडिको तथ्याङ्क), द इन्डियन एक्सप्रेसका  अनुसार ३२,००० देखि ३५,००० नेपाली सैनिकहरू भारतीय सेनामा सेवा गर्ने गरेका छन्। भारतीय  सेनाबाट सेवानिवृत्तहरूको संख्या नेपालमा १.३२ लाख रहेको छ।

“परम्परागत रूपमा प्रगाढ रहेको सम्बन्धका कारण गोर्खालीहरू अझै पनि भारतीय रेजिमेन्टमा पुर्खौली प बटालियनमा भर्ती हुने गरेका छन्।” सेवानिवृत्त मेजर जेनरल अशोककुमार मेहताले द ट्रिब्युनलाई बताउनु भएको छ। मेहताका अनुसार १, ३, ४, ५ अनि ८ गोर्खा रेजिमेन्टमा धेरै जसो मगर अनि गुरुङहरू रहेका छन्  भने ९ मा छेत्री र ठकुरी तथा  ११ मा राई र लिम्बुहरू छन्। अनि यी सबै भारतीय सेनासँग सम्बद्ध हुन्।

सुरुमा गोर्खा रेजिमेन्टमा नियुक्ति  भैरहवा नजिकको भारत-नेपाल सिमानाको नौतनवामा भएको थियो। पछि भर्ना  प्रक्रियाको लागि गोर्खा भर्ना केन्द्र कुनराघाट, गोरखपुर र दार्जिलिङ नजिकैको घुमजस्ता स्थायी स्थानहरू छनौट गरियो।

मेहताका अनुसार, भारतीय फौजमा भर्नाको लागि नेपालबाट गल्लावाला भनिने भर्तीकर्ताहरूले गोर्खालीहरूलाई २० देखि २४ दिनसम्म हिँडाएर भर्ती केन्द्रमा लिएर आउने गर्थे। तर पछि तरिका फरक हुन थाल्यो, भारतीय भर्ती टोलीले नेपाल आएर दुर्गम ठाउँबाट बलिया नेपाली युवाहरूलाइ लिन थाल्यो। त्यसपछि त पोखरा, धरानलगायतका नेपालको पूर्व र पश्चिमका ठाउँहरूमा भर्तीका काम हुन थाल्यो, मेहता भन्नुहुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img