spot_img
Monday, September 23, 2024
65.3 F
Washington DC.
spot_img

दक्षिण भारतमा फैलिएको ‘टमाटो फ्लू’ के हो ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिण भारतमा रिपोर्ट गरिएको टमाटो फ्लू भनेर चिनिने “नयाँ” भाइरस हात, खुट्टा र मुख रोग (HFMD) को एक प्रकार भएको डाक्टरहरूले पुष्टि गरेका छन्।

यो भाइरल संक्रमण प्रारम्भिक अवस्थामा रहेको र गैर्ह खतरामूलक रहेको विज्ञहरुको भनाई रहेको छ ।

‘टमाटो फ्लू’ नामक दुर्लभ भाइरल रोग भारतमा अहिले बढ्दै गएको छ। हात, मुख र खुट्टा रोग (HFMD) को एक प्रकार भएको यो रोगको संक्रमणबाट रातो छाला हुने र हेर्दा टमाटरको आकार जस्तो देखिने हुन्छ।

ल्यान्सेट रेस्पिरेटरी मेडिसिनमा १७ अगस्टमा प्रकाशित एउटा लेखका अनुसार भारतको केरला राज्यमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा टमाटो फ्लू नामक नयाँ भाइरस देखा परेको बताएको छ।

रिपोर्टका अनुसार गत जुलाई २६ सम्म स्थानीय सरकारी अस्पतालमा ५ वर्ष मुनिका ८२ भन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको बताइएको छ ।

यो रोगको प्रमुख लक्षणहरू मध्ये एउटामा टमाटर जस्तै रातो वेल्ट (डावर) शरीरभरि, विशेष गरी हात, खुट्टा र मुखमा देखिनु हो । यी लक्षणहरूसँगै टमाटो फ्लूका संक्रमित बिरामीमा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिन्छन , जस्तै ज्वरो आउनु , थकाई लाग्नु तथा जीउ दुख्नु ।

इन्फ्लुएन्जाका अन्य प्रकारहरू जस्तै, टमाटर फ्लू पनि धेरै संक्रामक भएकाले केरलाबाट भारतका अन्य भागहरूमा यो भाइरसको संक्रमण फैलिन नदिनको लागि पुष्टि भएका वा शंकास्पद विरामीहरूलाई सावधानीपूर्वक आइसोलेसन लगायत अन्य सावधानीका उपायहरू पालना गर्न अनिवार्य छ, प्रकाशित प्रतिवेदनले सुझाव दिएको छ।

प्रतिवेदनका अनुसार अन्य बालबालिका वा वयस्कहरूमा संक्रमण फैलिन नदिन लक्षण देखिएको दिन देखि ५–७ दिनसम्म आइसोलेसन बिधि अपनाउनु पर्छ। रोकथामको लागि उत्तम उपाय भनेको घर वरपर लगायत वातावरणको उचित सरसफाइ गर्नुका साथै संक्रमित बच्चालाई अन्य गैर-संक्रमित बच्चाहरूसँग खेलौना, कपडा, खाना वा अन्य वस्तुहरू बाँड्नबाट रोक्नु पर्दछ ।

भाइरल संक्रमणबाट जनस्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न विशेष गरी बालबालिका, वृद्धवृद्धा, इम्युनोकम्प्रोमाइज भएका व्यक्तिहरू र कठिन स्वास्थ्य समस्याहरू भएका व्यक्तिहरूमा औषधीको प्रयोग र खोप सबैभन्दा प्रभावकारी हुनाका साथै खर्चका हिसावले समेत लाभकारी हुने प्रतिबेदनले सुझाव दिएको छ।

अहिलेसम्म, टमाटर फ्लूको उपचार वा रोकथामको लागि कुनै एन्टिभाइरल औषधि वा खोपहरू उपलब्ध छैनन्। प्रतिवेदनले सम्भावित उपचारको आवश्यकतालाई अझ राम्ररी बुझ्नको लागि यसबाट हुने गम्भीर परिणामहरू र त्यसको निधानका लागि थप अनुगमन र अनुसन्धान आवश्यक रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img