Friday, April 11, 2025
46.3 F
Washington DC.

अफगानिस्तानको मस्जिद विष्फोटमा तालिबानका धर्मगुरूसहित १८ जना मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन् ।

हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ‘भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन् । अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो ।

विष्फोटमा मारिएका प्रमुख धर्मगुरू मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए । उनलाई तालिवानले प्रमुख धर्मगुरूका रूपमा मानेको थियो । धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img