spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

अमेरिकाको मिसिसिपीको आकासमा विमानको फन्को – वालमार्ट स्टोरमा दुर्घटना गर्ने पाइलटको धम्की

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको मिसिसिपी राज्यको आकासमा एक व्यक्तिले अनाधिकृत रुपमा एउटा विमानलाई उडाई रहेको भिडियो सामाजिक संजालमा देखिएको छ । पाइलटले उक्त विमान चोरी गरेको र एक घण्टापछि अमेरिकाको उत्तरपूर्वी मिसिसिपी सहर टुपेलोमा विमानलाई अनियमित रूपमा उडाउँदै आएको संचार माध्यमले जनाएका छन् । विमान चोर्ने व्यक्तिले वालमार्टमा दुर्घटना हुने धम्की दिएका छन् । यस धम्कीपछि सावधानीका रूपमा सबै वालमार्ट स्टोरहरू बन्द गरिएको छ।

संचार माध्यमले जनाए अनुसार चोरी भएको विमान डबल इन्जिन ९ सिटर भएको विमान हो । विमान चोर्ने व्यक्ति विमानस्थलकै कर्मचारी भएको आशंका गरिएको छ । घटनास्थलमा सुरक्षा निकाय पुगेको प्रहरीले पाइलटसँग प्रत्यक्ष सम्पर्कमा रहेको र उनीसँग कुरा गरिरहेको बताईएको छ ।

टुपेलो प्रहरी विभागले मानिसहरूलाई तितरबितर हुन आग्रह गरेको छ। यसका साथै सबै आपतकालीन सेवालाई अलर्टमा राखिएको छ । यो किङ एयरको विमानको गति २०६ माइल प्रतिघण्टा छ र १,१०० फिटको उचाइमा रहेको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरूलाई पहिलो पटक बिहान ५ बजे मिसिसिपीको टुपेलोमा एक गलत पाइलटले विमान उडाएको सूचना पाएको थियो। पाइलटले ९११ मा फोन गरेर जानाजानी वालमार्टमा विमान दुर्घटनाको धम्की दिएको समेत प्रहरीले फेसबुक मार्फत भनेको छ । ट्वीटरमा पोष्ट गरिएको भिडियोमा विमानलाई आकासमा अनियमित रूपमा उडिरहेको देख्न सकिन्छ। घटनापछि नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । अवस्था छिट्टै बिग्रन सक्ने प्रहरीले आशंका गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img