Friday, March 6, 2026
53.4 F
Washington DC.

निर्माण सम्पन्न पुलको उद्घाटन गर्दा गर्दै पुल भाचिएर खोलामा खसे पछि

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रजातान्त्रिक गणतन्त्र कंगोमा नेताजीले निर्माण सम्पन्न पुलको उद्घाटन गर्दा गर्दै पुल भाचिएर खोलामा खसे पछि पुलको गुणस्तर र भ्रष्टाचारको आरोप सहित सामाजिक संजालमा ब्यापक खिल्ली र व्यंग गरिएको छ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा पुल निर्माण गरिएको थियो। यो पुल एक छेउबाट अर्को छेउमा जानका लागि बनाइएको हो । तर पुलको उद्घाटन समारोहकै क्रममा पुल खस्न गएर दुर्घटना भएको छ ।

एकजना नेताजीले पुलको उद्घाटनका क्रममा फीता/रिवन काट्दै थिए । त्यसपछि पुल भाँचियो र खोलामा खसेको थियो । पुल खसे पछि उद्घाटन समारोहमा सहभागीहरु बीचमा हल्लीखल्ली र चिच्याहट सुनियो । गत साता घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

पुल भाचिएर ‘नेताजी’ सहित धेरै नदीमा खसे
संचार माध्यमका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारी र नेताहरू पुलको उद्घाटन गर्न पुगेका थिए। फीता काट्ने बित्तिकै पुल भाँचियो र दुई भागमा विभाजित भयो। स्थानीय बासिन्दालाई नदी तर्नका लागि उक्त पुल निर्माण गरिएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पुल भत्किने बित्तिकै नेतासहित अन्य लडेको देखिन्छ ।

उद्घाटनको समयमा नयाँ पुल भत्कियो – तस्बिर : भिडियो स्क्रिन सर्ट , सामाजिक सञ्जाल

भ्रष्टाचारको आरोप
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निर्माणको गुणस्तरलाई लिएर मानिसहरुले खिल्ली उडाइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले हाम्रो क्षेत्रमा नेतृत्वको असफलता धेरै छ र युवाहरू किन देश छोड्न खोजिरहेका छन् भनी लेखेका छन्। हाम्रो असफल नेतृत्वका कारण हामी साँच्चै विश्वव्यापी हाँसोको पात्र बनेका छौं। सरकारले जनतालाई सहयोग गर्न निर्माण गरेको पुल भत्किएपछि जनताले भ्रष्टाचारको आरोप लगाएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img