Saturday, July 25, 2026
82 F
Washington DC.

रुसी नगरपालिकाका प्रतिनिधिहरूले मागे पुटिनको राजीनामा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

३० भन्दा बढी रुसी नगरपालिकाका प्रतिनिधिहरूले सोमबार एक हस्ताक्षरित निवेदनमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई राजीनामा दिन आग्रह गरेका छन्।

मस्को टाइम्सका अनुसार यस सप्ताहन्तको स्थानीय र क्षेत्रीय चुनावको मतदानमा धाँधली भएको दाबीका साथै उक्रेनका सेनाहरूले रसिया बिरुद्द गरेको ठूलो प्रगति जसले मस्कोको आक्रमणलाई अहिलेसम्मको सबैभन्दा ठूलो धक्काको रूपमा चित्रण गरेको छ भन्ने दावीहरू बीच रुसी राष्ट्रपतिलाई राजीनामा गर्नको लागि आह्वान गरिएको छ।

सेन्ट पिटर्सबर्गको सेम्योनोव्स्की जिल्लाका डेपुटी जेनिया टोर्स्ट्रेमद्वारा पोस्ट गरिएको निबेदनमा शुरुमा १९ अधिकारीहरूले हस्ताक्षर गरेका थिए।

“हामी, रसियाका नगरपालिका प्रतिनिधिहरू विश्वास गर्छौं कि राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यले रूस र यसका नागरिकहरूको भविष्यलाई हानि पुर्‍याउँछ,” सार्वजनिक भएको निवेदनको अनुवादमा भनिएको छ।
“हामी रुसी संघको राष्ट्रपतिको पदबाट भ्लादिमिर पुटिनको राजीनामाको माग गर्दछौं,” प्रारम्भिक रूपमा १९ प्रतिनिधिहरूले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img