spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

अन्जनको ह्याट्रिकसँगै बंगलादेशमाथि नेपालको सानदार जित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले ३-१ गोलले सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा स्ट्राइकर अन्जन विष्टले १८औं, २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको हो ।

१४औं मिनेटमा विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट थोरै बाहिरिदा नेपाल अग्रता लिन बाट चुक्यो । १७औं मिनेटमा कप्तान जमल भुयानको पेनाल्टी बक्स बाहिरको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।

१८औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । आँफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका हुन् ।

२७औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । सुजल श्रेष्ठ हुँदै विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अन्जनले सहज फिनिस गरे ।

३८औं मिनेटमा अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपाल खेलमा ३–० ले अघि बढ्यो । विशाल राईको फ्रिकिकलाई अन्जनले हेडमार्फत गोल गर्न सफल हुँदा बंगलादेशका गोलरक्षक अनिसुर रहमानले कुनै प्रतिक्रिया जनाउन पाएन ।

६७औं मिनेटमा बंगलादेशका तर्फ बाट मोहम्मद हुसेन बादशाहले एक गोल फर्काए । यससंगै नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गरेको हो।

अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्नै छैटौ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img