अष्ट्रेलियाको मेलबर्नमा भएको टी–२० विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा भारतले शानदार जित हात पारेको छ । यो खेलमा विराट कोहलीले ८२ रनको अविजित इनिङ्स खेलेका थिए । भारतको यो जितले देशभर खुशीको माहोल छ ।
टी–२० विश्वकप २०२२ को पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध धमाकेदार सुरूवात गरेको थियो । रोमान्चक यो खेलमा कहिले पाकिस्तान त कहिले भारतले अगुवाई गरेतापनि अन्त्यमा आर अश्विनको प्रहारले भारतलाई शानदार जित दिलायो । यस पूरै खेलमा भारतीय इनिङ्सको अन्तिम ओभर निकै रोमाञ्चक रह्यो। नो बल, फ्रि हिट र दुई रन आउटबिनाको यो ओभरले रोमाञ्चकका सबै सीमा तोड्यो तर यो रोमाञ्चक खेलमा भारतले जित निकाल्यो ।
अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन चाहिएको थियो र पाकिस्तानबाट मोहम्मद नवाज बल लिएर आएका थिए। अन्तिम ओभरमा जति कम रन बाँकी रह्यो, उति राम्रो गर्ने भारतीय ब्याट्सम्यानको प्रयास थियो र कोहलीले पनि त्यही गरे तर अन्तिम ओभरमा १६ रन बनाउनु पनि भारतका लागि कोसेढुङ्गा साबित भयो । अन्तिम ओभरमा दुई विकेट खसेपछि भारतले खेल जितेको थियो ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया