Tuesday, May 20, 2025
55.3 F
Washington DC.

रुसको कोस्ट्रोमा सहरको नाइट क्लबमा आगलागी हुँदा १५ जनाको मृत्यु, एक जना पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसको पश्चिमी सहर कोस्ट्रोमा रहेको एक नाइटक्लबमा राति भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

क्षेत्रीय गभर्नर सर्गेई सित्निकोभले यसअघि १३ जनाको मृत्यु भएको बताएका थिए तर पछि आपतकालीन सेवाले अन्य दुई जनाको शव फेला परेको घोषणा गरेको थियो।

“अझ दुईवटा शव बरामद गरिएको छ। यसको मतलब पीडितको संख्या अब १५ पुगेको छ,” तास समाचार एजेन्सीले कानून प्रवर्तन स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

आगजनी गरेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले संचार माध्यमलाई जानकारी गराएको छ ।

उनीलाई अब अनुसन्धान अधिकारीहरूलाई सुम्पिएको प्रहरीले विज्ञप्तिमा थप विवरणहरू प्रदान नगरी उल्लेख गरेको छ।

डान्स फ्लोरमा एक रक्सीले मातिएका व्यक्तिले “फ्लेयर गन” फायर गरेपछि आगो सुरु भएको हुन सक्ने रुसी एजेन्सीहरूले आसंका गरेका छन् ।

मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको सहरमा राति आगलागी हुँदा करिब २५० जनालाई भवनबाट बाहिर निकालिएको थियो।

घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी नै छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img