Saturday, July 25, 2026
82 F
Washington DC.

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार , खुट्टामा गोली लागि घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानमाथि गोली प्रहार भएको छ। बिहीबार दिउँसो पूर्वी पन्जाब प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

इमरान खानको खुट्टामा गोली लागेको थियो। उनलाई अस्पताल लैजाँदै गर्दा समर्थकलाई हात हल्लाएको भिडियो फ़ोटेजमा देखिएको थियो ।

सञ्चारमाध्यमका अनुसार हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको थियो। गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए ।

एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उनी सहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा संलग्न आरोपित एक जनालाई हिरासतमा लिइएको जनाएको छ । घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img