spot_img
Tuesday, September 24, 2024
65.8 F
Washington DC.
spot_img

यी चर्चित कलाकारहरू राजनीतिमा अस्वीकृत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली सिनेमा र रङ्गमञ्चमा चर्चित कलाकारहरू यसपालीको निर्वाचनमा अस्वीकृत भएका छन् । चुनावमा उम्मेदवारी दिएका प्रायस कलाकारहरू पराजित भएका छन्। प्रदेशसभामा कांग्रेसबाट प्युठान ‘ख’मा उम्मेदवारी दिएका निर्माता रोज राणा मात्र एक हुन् जो निर्वाचित भए । कलाकारिताको रंगमंचमा सफल यी कलाकारहरू राजनीतिक जीवनमा असफल भएका छन् ।

कोमल ओली: एमालेबाट दाङ – ३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले हराए। कांग्रेसका दीपक गिरीले ३६ हजार आठ सय ४२ मतसहित जित्दा गायिका ओली २९ हजार ३२ मतसहित पराजित भईन ।

रेखा थापा: राप्रपाबाट मोरङ –२ मा उम्मेदवारी दिएकी सफल सिने नायिका रेखा थापालाई नेपाली कांग्रेसका सुनिल कुमार शर्माले हराए। शर्माले ४८ हजार ६३१ मतसहित जित हासिल गरे । नेपाल कम्युनिष्ट पार्टीका भानु भक्त ढकाल दोस्रो हुँदा १० हजार नौ सय ९८ मतमा मात्र प्राप्त भयो । चलचित्रमा पहिलो नायिकाकाे दर्जामा रहेकी रेखा थापा चुनावमा तेस्रो भईन।

हिमेश पन्त: राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ मा उम्मेदवारी दिएका चर्चित कमेडियन’ तथा कलाकार हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरे। सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी भए ।

यसैगरी, काठमाडौं–६ मा स्वतन्त्र उम्मेदवारी दिएका पपगायक सञ्जय श्रेष्ठ र कलाकार मधुसूदन पाठक ‘सिते बा’ र निर्देशक मनोज पण्डितले नमिठो हार व्यहोर्नु पर्यो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ ‘ख’ तर्फ उम्मेदवारी दिएका कलाकार तथा वितरक करण श्रेष्ठ ६७ मत मात्रै प्राप्त गरे । यस क्षेत्रमा नेपाली कांग्रेसका सुरेश चन्द्र लामिछाने चार हजार पाँच सय १० मतसहित जित हासिल गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img