Saturday, March 7, 2026
48.5 F
Washington DC.

इलाम १ मा चेला बस्नेतले हराए आफ्नै गुरु झलनाथ खनाललाई

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेतले हराएका छन्।

प्रत्यक्षको मतगणना सकिँदा महेश बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाएका छन्। उनीहरूबीच २ हजार ६५४ मतान्तर छ। निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

समानुपातिकतर्फको मतगणना सकेर मात्र आधिकारिक रुपमा विजयी भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । खनाल गठबन्धनको साझा उम्मेदवार भएका थिए । एमालेबाट ६ पटक सो क्षेत्रबाट निर्वाचित खनाल एमाले विभाजित भएपछि नेकपा (एस) मा जोडिएका थिए ।

२०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक ०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नु परेको थिएन । यस अघिको आमचुनावमा नेकपा एमालेका तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेका थिए । त्यस यताका निर्वाचनमा विजयी बन्दै आएका खनाल २०६८ मा २०४ दिन प्रधानमन्त्रीसमेत भएका थिए ।

२०५४ देखि २०५९ सालसम्म इलाम नगरपालिकाको प्रमुख बनेका नेता बस्नेत ०७४ सालको निर्वाचनमा दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित भएका थिए । लामो समय खनाललाई नेता मानेर कार्यकर्ताको भूमिका निभाएका बस्नेतलाई पार्टीले योपटक खनालको प्रतिस्पर्धी बनाएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img