spot_img
Tuesday, September 24, 2024
65 F
Washington DC.
spot_img

रवि लामिछाने बने नेपालको राजनीतिको नयाँ ‘किंग मेकर’, ६ महिनामा देशको राजनीति परिवर्तन

सम्बन्धित समाचार

नेपालमा मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनपछिको मतगणना जारी छ । अहिलेसम्म प्राप्त ट्रेण्ड र नतिजामा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिँदैन । यसले नेपालमा फेरि एकपटक गठबन्धन सरकार गठनको चर्चालाई तीव्र बनाएको छ । अब नेपालमा राजनीतिक अस्थिरताको संकट जारी रहने लगभग निश्चित भइसकेको छ । यसैबीच रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप्रा) ले निर्वाचनका सबै अनुमानलाई गलत साबित गर्दै नेपालको राजनीतिमा ठुलो हलचल मच्चाउदै संसदमा नया शक्तिका रुपमा इन्ट्री गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप्रा) को फ़टको:

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन तर्फ :
१६५ प्रतिनिधिसभा सदस्यका लागि मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गर्दै सुनसरी १ मा झिनो मतले पच्याउदै छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
रास्वप्राका निर्वाचित उम्मेदवारहरु :
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २ – रवि लामिछाने
(६) ललितपुर ३ – डा. तोसिमा कार्की
(७) चितवन १ – हरि ढकाल
सुनसरी १ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १४,६२९ मतसहित पछ्याइरहेकी छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ
प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।

नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन्।

अहिलेसम्म नेकपा एमालेले २४ लाख ७८ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५६ हजार १ सय ९० मत पाएको छ।

समानुपातिकमा माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९ सय ३ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ३७ हजार २ सय २७ मत परेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८ सय १, जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८६, जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।

गगन थापा प्रधानमन्त्री पदका दावेदार
निर्वाचनको परिणाम र गगन थापाप्रतिको समर्थनलाई हेर्दा नेपाली कांग्रेसभित्र आन्तरिक कलहको अवस्था सिर्जना हुने लगभग निश्चित छ । नेपाली कांग्रेसमा शेरबहादुर देउवाको नेतृत्व स्वीकार नगर्ने धेरै गुट छन् । देउवाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि एकपटक चुनाव जितेका छन् । उनले यसअघि पनि चुनावी प्रचारका क्रममा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए । उनले आफ्नो भाषणमा प्रधानमन्त्री पदका लागि आफ्नो चाहना रहेको घोषणा धेरै पटक गरिसकेका छन् ।

रवि लामिछानेको ईण्ट्रिले सबै चकित
तर, गगन थापा प्रधानमन्त्री बन्न संसदीय दलमा बहुमत प्रमाणित गर्नुपर्नेछ । गगन थापा बाहेक रामचन्द्र पौडेल, प्रकाशमान सिंह जस्ता नेताहरु खुलेर प्रधानमन्त्रीको आकांक्षा राख्छन् । अर्कातिर नवगठित दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी नतिजाले देशका प्रमुख राजनीतिक दल लगायत गठबन्धनको टाउको दुखाइ बनेको छ । नेपालमा कुनै एक दलले बहुमत प्राप्त गर्न सकेन भने देशको राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी ‘किंग मेकर’ हुने निश्चित छ । त्यसैले पूर्व पत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख दलले नजिकबाट हेरिरहेका छन् ।

प्रचण्डको खेल सकियो
नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलपछि राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्डको नेकपा माओवादी केन्द्र को हाराहारीमा आएको छ । यति मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक मतगणनामा माओबादी लाई पछि पार्दै कांग्रेस र एमालेपछि तेस्रो नम्बरमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक रवि लामिछाने यतिबेला नेपालको राजनीतिमा दबदबामा छन् । सक्रिय राजनीतिमा आउनुअघि लामिछाने टेलिभिजन पत्रकार थिए । राजनीतिमा आउनुअघि उनले खोज पत्रकारिताका आधारमा नेपालभर छुट्टै पहिचान बनाएका थिए ।

लामिछानेले पत्रकारीता त्याग्दै आफ्नो राजनीतिक इनिङ्सको घोषणा गरे । त्यसबेला नेपालको कुनै पनि प्रमुख दलले लामिछानेको पार्टीले निर्वाचनमा यति राम्रो प्रदर्शन गर्छ भन्ने सोचेका थिएनन् । तर, उनी यति चर्चित थिए कि उनीसँग डराएर पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आफ्नो चितवनको क्षेत्र छोडेर गोरखा बाट निर्वाचनमा उठन बाध्य भएका थिए । लामिछानेले सन् २०१३ मा सबैभन्दा लामो टक शो आयोजना गरेर गिनिज वल्ड रेकर्ड बनाएका थिए । यस अवधिमा उनले ६२ घण्टाको कार्यक्रम आयोजना गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img