Wednesday, April 9, 2025
52.2 F
Washington DC.

मुकुट चाकरी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फूल, माला, गम्छा, अबिर र खादाआदिले सम्मान गर्ने हाम्रो चलन नै हो। सम्मानका नाममा नेताका चाकरीका लागि १५/२० किलोका माला लगाइदिने पनि बेलाबेलामा देखिएकै हो। तर अब बारा र पर्सातिर चाहिँ चाँदीको ताज वा मुकुट लगाउने चलन बढ्न थालेको छ।  

बारा र पर्सामा नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले घर दैलो तथा विजय जुलुसमा व्यस्त रहेका छन् । तीमध्ये केही नवनिर्वाचित जनप्रतिनिधिलाई समर्थकले चाँदीको मुकुट लगाएर स्वागत तथा  बधाई दिने क्रम बढेको छ । पर्सामा भने यो चलन २०७४ को निर्वाचनमा सुरु भएको थियो । पहिलो पटक २०७४ को निर्वाचनमा पर्सा  क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई विजय जुलुसका क्रममा वीरगन्ज महानगरपालिका– १५ मा उहाँका समर्थकले चाँदीको मुकुट लगाई दिएर बधाई दिँदै सम्मान गरेका थिए । त्यस पछि पर्सामै स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई चाँदीको ताज ( मुकुट ) लगाइ जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य  प्रदीप यादवले चाँदीको ताज लगाइ दिनुभएको थियो।

त्यसकै देखासिखीमा अहिले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय समर्थकले चाँदीको ताज लगाइदिएका छन् । पर्साको क्षेत्र नं ४ मा नवनिर्वाचित जनप्रतिनिधि रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन्।

निर्वाचित भएपछि मतदातालाई विजय जुलुस का साथै मतदातालाई  धन्यवाद ज्ञापन गर्न धोबिनी गाउँपालिका– ३ हरिहरपुरमा पुग्नुभएका रिजाललाई धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीको मुकुट लगाई बधाई दिनुका साथै सम्मान गर्नुभयो ।

यस्तै बाराको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यबाट नवनिर्वाचित जनप्रतिनिधि कृष्ण कुमार श्रेष्ठ र बारा ४ को (२) बाट प्रदेश सभा सदस्य नवनिर्वाचित जनप्रतिनिधि जितेन्द्र सोनललाई सोमबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचित  श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर बधाइ दिदैँ सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले बताउनुभयो।

श्रेष्ठ , बारा ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीबाट र सोनल , बारा ४(ख) को प्रदेशसभा सदस्यमा लोसपाबाट निर्वाचित हुनुभएको हो।

श्रोत: प्रणय साह/आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img