Friday, April 11, 2025
47.5 F
Washington DC.

बेल्जियममा लटरी जितेर सिंगो गाउँ नै करोडपति बन्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कसैको भाग्य कहिले बदलिन्छ भन्न सकिदैन। रातारात धनी भएको तपाइले देख्नु र सुन्नु भएको होला तर के तपाईंले कहिल्यै सुन्नु भएको छ कि सिंगो गाउँ मिलेर धनी भएको ? हो , बेल्जियमको एक गाउँका १६५ जना रातारात करोडपति बनेका छन्। उनीहरूले सामूहिक रूपमा किनेको बेल्जियम लोटरीमा १९०० करोड भन्दा बढी नेपाली रकम (१४२,८९७,१६४ युरो ) जितेका छन्। सो अनुसार प्रत्येक व्यक्तिको खातामा करिब साढे एघार करोड नेपाली रुपैयाँ आएको छ ।

गाउँका प्रत्येक व्यक्तिले १५ युरो सहयोग गरेका थिए
युरोमिलियन्सका अनुसार बेल्जियमको एन्टवर्प प्रान्तको ओल्मेन गाउँका मानिसको भाग्य रातारात परिवर्तन भएको छ । यस गाउँमा बसोबास गर्ने १६५ जनाले युरोमिलियन्स ज्याकपट चिठ्ठाको बिजेता बनेका छन् । यो चिठ्ठाको १९०० करोड भन्दा बढी नेपाली रकम (१४२ मिलियन यूरो) छ। युरोमिलियन्स ज्याकपोटको लटरी टिकट गाउका १६५ जना सबैले संयुक्तरुपमा किनेका थिए। यसका लागि गाउँका प्रत्येक व्यक्तिले १५ युरो अर्थात करिब २,००० रुपैयाँ सहयोग गरेका थिए । मंगलबार राति लक्की ड्र आयोजना गर्दा यो समूहको भाग्य खुलेको हो ।

सबैको खातामा आयो यति धेरै रकम
ओलमेन गाउँका बासिन्दाले चिठ्ठा किन्नुअघि नै रकम बराबर बाँड्ने निर्णय गरेका थिए । यस अनुसार प्रत्येक व्यक्तिको खातामा करिब साढे एघार करोड रुपैयाँ आएको छ । मानिसहरूले यसलाई सर्वश्रेष्ठ क्रिसमस उपहार भनेका छन्। राष्ट्रिय लटरीका प्रवक्ता जोक भरमोरले यति ठूलो समूहले यो रकम जितेको पहिलो पटक भएको बताए। यद्यपि धेरै समूहले यसअघि चिठ्ठा जितिसकेका छन्। तर यो समूह तिनीहरूमध्ये सबैभन्दा ठूलो हो।

गाउँलेहरुले आफ्नो जित पत्याउनै सकेनन
गाउँलेहरुले यति ठूलो रकम जितेको खबर पत्याउन नसकेकाले आयोजकले ५–६ पटक लटरी जितेको घोषणा गर्नुपरेको थियो। जानकारी अनुसार, यो युरोमिलियन्स ज्याकपट सबैभन्दा ठूलो चिठ्ठा होइन। बेलायतमा बस्ने एक व्यक्तिले यसै वर्ष जुलाईमा १९ करोड ५० लाख पाउण्ड जितेका थिए ।

ओल्मेन गाउँका लटरी एजेन्ट विम भान ब्रोचोभेनले चिठ्ठा घोषणा हुनेबित्तिकै आफ्ना ग्राहकले ठूलो परिमाणमा चिठ्ठा जितेको कुरा पत्याउन नसकेको बताए । युरोमिलियन्स लटरीका अनुसार, डिसेम्बर ६ मा खोलिएको लटरीका लागि भाग्यशाली नम्बरहरू १२, २०, २५, २६ र २७ थिए। यस बाहेक ८ र १२ नम्बरलाई लक्की स्टार्सका रुपमा रिलिज गरिएको थियो । यस लटरी ज्याकपोटका लागि २ करोड ७० लाख टिकट बिक्री भएको युरोमिलियन्स लोटरीले जानकारी दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img