spot_img
Tuesday, September 24, 2024
65 F
Washington DC.
spot_img

क्रोएसियालाई ३-० ले हराउदै अर्जेन्टिना विश्वकपको फाइनलमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनलमा कहिल्यै हार बेहोरेको छैन, आजको सेमिफाइन खेलको जितसंगै फेरि अर्जेन्टिनाको टोलीले यो कीर्तिमानी कायम राखेको छ । अर्जेन्टिनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै क्रोएसियालाई ३–० ले हराएको छ । यो जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाका लागि मेस्सीको पहिलो गोल

सेमिफाइनल खेलको पहिलो हाफ निकै उत्साहका साथ सुरु भएको थियो । खेलको सुरुवाती ३० मिनेटसम्म क्रोएसियाको टोलीले हावी भएको देखिएपनि त्यस पछि अर्जेन्टिनाले तीव्र खेल देखाउँदै ३४ औं मिनेटमा क्रोएसियाविरुद्ध पहिलो गोल गरेको थियो । खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी मार्फत पहिलो गोल गरेको थियो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । यो गोलसँगै विश्वकपमा सर्वाधिक ११ गोल ​​गर्ने कीर्तिमान मेस्सीको नाममा पुगेको छ । मेस्सीले यो विश्वकपमा अहिलेसम्म ५ गोल गरिसकेका छन् ।

अल्भारेजका लागि दोस्रो गोल
शुरुवाती गोलको अग्रता लिएको अर्जेन्टिनाले पहिलो हाफको पाँच मिनेटमै दोस्रो गोल गर्दै क्रोएसियालाई ठूलो दवाव दिन सफल भयो। अर्जेन्टिनाका लागि दोस्रो गोल पहिलो हाफको ३९ औं मिनेटमा भयो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले उत्कृष्ट गोल गरे । लामो रन देखाउँदै उनले एक्लै यो गोल गर्दै र्जेन्टिनाको टोलीलाई २-० ले अगाडि बढाए। जसरी २२ वर्षीय जुलियनले शानदार गोल गरे, मैदानमा उपस्थित ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होले पनि ताली बजाएर उनको प्रशंसा गरेका थिए ।

दोस्रो हाफमा अल्भारेजले दोस्रो गोल गरेका थिए
दोस्रो हाफको ६९ औं मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गर्दै खेललाई एकतर्फी बनाएको थियो । तेस्रो गोलमा स्टार खेलाडी मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले क्रोएसियाली खेलाडीहरुलाई चकित पार्दै बललाई गोलको एकदमै नजिक लगे र अन्तमा उनले अल्भारेजलाई बल पास गरे र अल्भरेजले कुनै गल्ती गरेनन्, उनले बललाई गोलमा परिणत गर्न सफल भएका थिए र अर्जेन्टिनालाई ३–० ले अग्रता दिलाए । यो खेलमा अल्भारेजले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । यो विश्वकपको कुरा गर्ने हो भने अल्भारेजले अहिलेसम्म जम्मा ४ गोल गरिसकेका छन् ।

फाइनल खेल डिसेम्बर १८ मा
कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरक्को पुगेका छन् । पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच भएको थियो । जबकि दोस्रो सेमिफाइनल फ्रान्स र मोरक्कोबीच बुधवार, डिसेम्बर १४ मा हुदैछ। फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img