spot_img
Wednesday, September 25, 2024
64.6 F
Washington DC.
spot_img

ब्राजिलमा संसद, राष्ट्रपति भवन र सर्वोच्चमा आक्रमण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संयुक्त राज्य अमेरिकाको संसद भवनमा भएको दंगाको दुई वर्षपछि ब्राजिलमा आइतबार, ८ जनवरी २०२३ मा दक्षिणपन्थी नेताहरू र पूर्व राष्ट्रपति बोल्सोनारोका समर्थकहरूले त्यहाँको संसद, राष्ट्रपतिको भवन र सर्वोच्च अदालत भवनमा आक्रमण गरी हिंसा र अराजकताको त्यस्तै दृश्यहरू देखाएका छन्।

बोल्सोनारोका समर्थकहरूद्वारा लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपतिको रूपमा निर्वाचित भएको एक हप्ता पछि यो आक्रमण भएको हो।

तस्बिर: ट्वीटर

सामाजिक संजालमा प्रेषित भिडियोहरुका अनुसार बोल्सोनारोका हजारौं समर्थकहरूले भर्खरैको चुनावको नतिजालाई अस्वीकार गर्दै सुरक्षा घेरा तोड्दै , भवनका छतमा चढेर झ्यालहरू भत्काउदै अन्य विनाशकारी गतिबिधिहरु गरेको देखिएको छ।

ब्राजिलको राष्ट्रिय फुटबल टोलीको पहिरन लगाएका प्रदर्शनकारीहरु संसद भवनभित्र रहेको सभामुखको बैठक कोठामा पुगेर तोडफोड गरेका थिए ।

केही घन्टामै प्रहरीले सर्वोच्च अदालत र कांग्रेस भवनहरू पुनः कब्जामा लिएको बताइएको छ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देशका शीर्ष नेताहरूले ब्राजिलमा भएको आक्रमणको निन्दा गरेका छन्।

यसै क्रममा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति सिल्भाले उक्त हमलालाई मृत्युदण्डको आक्रमण भनेका छन् । आइतबार भएको आक्रमणलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् । उनले ट्वीटरमा लेखेका छन्, “उनीहरूले आइतवार मौनताको फाइदा उठाए, जब हामी अझै सरकार स्थापना गरिरहेका छौं, तपाइँलाई थाहा छ कि यस्तो (हिंसात्मक) कार्य गर्न उक्साउने किसिमका भाषण पूर्वराष्ट्रपतिले धेरै गरिसकेका छन् र यो उहाँको जिम्मेवारी र उहाँलाई समर्थन गर्ने दलहरूको पनि हो’।

राष्ट्रपति सिल्भाले संघीय अनुसन्धानका लागि एक आदेशमा हस्ताक्षर गरेका छन् ।

वाशिंगटन पोस्टको रिपोर्ट अनुसार, सर्वोच्च अदालतले गभर्नर र जिल्लाको सार्वजनिक सुरक्षा प्रमुखलाई देशको राजधानीमा अभूतपूर्व आक्रमणमा संलग्न भएको आरोप लगाउँदै तत्काल निलम्बन गर्न आदेश दिएको छ ।

ब्राजिलका सञ्चारमन्त्री पालो पिमेन्टाले प्रदर्शनकारीहरूले राष्ट्रपतिको भवनमा राखिएको हतियार लिएर गएको दाबी गरेका छन् । ट्वीटरमा भिडियो पोस्ट गर्दै उनले आफूहरु संस्थागत सुरक्षा कार्यालय भित्र रहेको र आन्दोलनकारीले घातक र गैरघातक हतियार लिएर गएको दाबी गरेका छन् । सरकारले कति हतियार चोरी भयो भन्ने सार्वजनिक रूपमा उल्लेख गरेको छैन।

राष्ट्रपति चुनावमा लुलाले ५०.९ प्रतिशत मत पाएका थिए भने बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका थिए । ७७ वर्षीय वामपन्थी नेता लुलाले कडा प्रतिस्पर्धा भएको चुनावमा दक्षिणपन्थी बोल्सोनारोलाई हराएका थिए ।

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img